बिहीबार इमर्जिङ नेपाल र मिड सोलु हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।
काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार पनि ओरालो लागेको छ। लगातार ओरालो लागेको बजार बिहीबार पुनः थप ओरालो लागेको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार, नेप्से परिसूचक १.९३ अंकले ओरालो लागेर २०७७.७८ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२७ अंकले ओरालो लागेर ३७०.३४ मा सीमित भएको छ। कुल ८८ लाख १३ हजार ३७४ कित्ता शेयर चार अर्ब ३८ करोड ८२ लाख ७८ हजार ७२० मूल्यमा खरिदबिक्री भयो।
नेप्सेका अनुसार बिहीबार इमर्जिङ नेपाल, मिड सोलु हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। बुद्धभूमि नेपाल हाइड्रोपावर ९.८८, माण्डु हाइड्रोपावर ८.४३ र सुपर मादी हाइड्रो पावरका लगानीकर्ताले ७.५८ प्रतिशतले कमाएका छन्।
त्यस्तै, माई खोला हाइड्रोपावर ६.४०,ज्योति विकास बैंकको ऋणपत्र ५.३१, नारायणी डेभलपमेन्ट बैंक ५.३१, पोखरा फाइनान्स ५.१२ र स्वाभिमान लघुवित्तका लगानीकर्ताले ४.५६ प्रतिशतले गुमाए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
