बढ्दो गर्मीसँगै शरीर चिलाउने, लुतो, दाग, छालामा संक्रमणलगायतका बिरामी बढिरहेको भेरी अस्पताल, नेपालगन्जले जनाएको छ।
नेपालगन्ज– बढ्दो गर्मीसँगै बाँकेमा छाला रोगका बिरामी बढ्दै जान थालेका छन्। गर्मीका कारण शरीरमा पसिना आउने र त्यसबाट शरीर चिलाउने, लुतो, दाग, छालामा संक्रमणलगायतका बिरामी बढिरहेको भेरी अस्पताल, नेपालगन्जले जनाएको छ।
अस्पतालमा अहिले दैनिक ६० देखि ७० जना छालारोगसम्बन्धी बिरामीको जाँच भइरहेको अस्पतालका छालारोग विशेषज्ञ डा बद्री चापागाईंले जानकारी दिए। उनले गर्मीयाममा छालामा हुने संक्रमणका कारण दाद, लुतो, छाला चिलाउने विभिन्न प्रकारका छालासँग सम्बन्धित बिरामी आउने क्रम बढेको उल्लेख गर्दै यसबाट बच्न व्यक्तिगत रूपमा सरसफाइमा ध्यान दिन आग्रह गरे।
उनले छालामा जथाभाबी औषधिको प्रयोग नगर्न र चिकित्सकको परामर्शमा मात्रै औषधि प्रयोग गर्न आग्रह गर्दै गर्मीयाममा चर्को घाम र गर्मीबाट बच्न सुझाव दिए। बाँकेस्थित साइनिङ अस्पताल, (आइएनएफ)का अनुसार एक महिनाको अवधिमा करिब एक हजार छालाका बिरामीको जाँच भएको छ।
साइनिङ अस्पताल (आइएनएफ)का कुष्ठरोग प्रमुख मंगल थारूले केही शंकास्पद (कुष्ठरोग) बाहेक अधिकांश छाला चिलाउने, दाद र लुतोलगायतका छालाका बिरामी आइरहेको बताए। “बिरामी आइरहेका छन् र उपचारपछि घर फर्केका छन्,” उनले भने। बाँकेको जानकी गाउँपालिका, खजुरा, बैजनाथ र नेपालगन्ज उपमहानगरपालिकाबाट छालाका बिरामी अस्पताल आउने गरेको बताइएको छ।
प्रमुख थारूले गर्मी बढेपछि छालाका बिरामी आउने क्रम पनि बढेको उल्लेख गर्दै अवस्था हेरेर जाँच गरिएको बताए। चिकित्सकका अनुसार खासगरी गर्मीयाममा नै छालाका रोगका बिरामी वृद्धि हुने गर्दछ। नेपालगन्जमा केही दिनअघि तापक्रम ४४.२ डिग्री सेल्सियससम्म पुगेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
