नेपाल राष्ट्र बैंकले शाखारहित बैंकिङ कारोबार गर्दा सावधानी अपनाउन सर्वसाधारणलाई आह्वान गरेको छ।
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा सजग रहन सर्वसाधारणलाई आह्वान गरेको छ। पछिल्लो समय शाखारहित बैंकिङ सेवा लिँदा सर्वसाधारणको रकम हिनामिना भएको सार्वजनिक भएपछि राष्ट्र बैंकले सूचना जारी गरी यस्तो आग्रह गरेको हो।
अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाले महानगरपालिका तथा उपमहानगरपालिका बाहेकका बैंक तथा वित्तीय संस्थाको उपस्थिति नभएका स्थानमा आधिकारिक प्रतिनिधि नियुक्त गरी शाखारहित बैंकिङ सेवा उपलब्ध गराउन सक्ने व्यवस्था छ। बैंकिङ पहुँच वृद्धि गर्ने उद्देश्यले अघि सारिएको यस्तो सेवा लिँदा विशेष ध्यान दिन केन्द्रीय बैंकको आग्रह गरेको हो।
बैंक तथा वित्तीय संस्थाको आधिकारिक र सहायक प्रतिनिधिमार्फत मात्र तोकिएको सेवा केन्द्रमा गई कारोबार गर्न र जुनसुकै कारोबार गर्दा विद्युतीय उपकरणमार्फत गर्न केन्द्रीय बैंकले भनेको छ। “कुनै पनि कारोबार गरिसकेपछि विद्युतीय उपकरणबाट प्राप्त हुने प्रिन्टेड स्लिप अनिवार्य रूपमा लिई आफूले गरेको कारोबारबमोजिम भए/नभएको यकिन गर्नु पर्दछ, साथै विद्युतीय उपकरणबाट सुनिने आवाज (ध्वनि)मार्फत पनि आफूले गरेका कारोबारको यकिन गर्न सकिन्छ”, राष्ट्र बैंकको सूचनामा भनिएको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
