उत्खननका क्रममा इँटाबाट निर्मित दुई मिटर चौडाइ र साढे तीन मिटर गहिराइ भएको प्राचीन इनार भेटिएको लुम्बिनी विकास कोषले जनाएको छ।
लुम्बिनी– रुपन्देहीको देवदहस्थित खयरडाँडामा प्राचीन इनार फेला परेको छ।
देवदह नगरपालिकाको आर्थिक सहयोगमा लुम्बिनी विकास कोष, पुरातत्त्व विभागले जेठ १६ देखि उत्खननका क्रममा इँटाबाट निर्मित दुई मिटर चौडाइ र साढे तीन मिटर गहिराइ भएको प्राचीन इनार भेटिएको लुम्बिनी विकास कोषका वरिष्ठ पुरातत्त्व अधिकृत हिमालकुमार उप्रेतीले जानकारी दिए।
“गत वर्ष इनारको माथिल्लो भाग मात्रै भेटिएको थियो, यस वर्ष इनारको पूर्ण आकार भेटिएको छ,” उप्रेतीले भने, “सो इनार कुन समयको भन्ने कार्बन डेटिङपछि मात्रै यकिन हुनेछ।”
इनारको दक्षिणतर्फ पर्खालका भग्नावशेष पनि भेटिएको उप्रेतीले बताए। उत्खननका क्रममा खयरडाँडा क्षेत्रमा माटाका भाँडा, पर्खालका भग्नावशेष भेटिएका छन्।
गौतमबद्धको मावली कहाँ हो भन्नेबारेमा अहिले नै निर्क्योल गर्न नसक्ने भन्दै पुरातात्त्विक उत्खनन र अन्वेषण अझै बढाउनुपर्ने उनको भनाइ छ ।
पुरातत्त्व विभागका अधिकृत राजेश परियारले तत्कालीन कोलीय राज्यका क्षेत्रमा निरन्तर उत्खनन आवश्यकता रहेको बताए। खयरडाँडाको उत्खननबाट प्राप्त ऐतिहासिक तथ्य र प्रमाणलाई अध्ययन गरी आगामी दिनमा थप कदम अगाडि बढाइने उनको भनाइ छ।
देवदह नगरपालिका–९ स्थित खयरडाँडा क्षेत्रमा देवदह नगरपालिकाको १० लाख रुपैयाँ बजेटबाट अहिले उत्खनन गरिएको हो। पालिकाको साझेदारीमा गरिएको यो पहिलो उत्खनन भएको र थप एक महिनासम्म चल्ने जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
