यसअघि जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवको नेतृत्वमा सरकार बनाउने चर्चा भए पनि जनमतले सिंहलाई अगाडि सारेको हो।
काठमाडौँ– मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सांसद सतिश सिंहले दाबी पेश गरेका छन्। बिहीबार अबेरसम्म बसेको सत्तारुढ दलको बैठकले भागबन्डा टुङ्ग्याएसँगै शुक्रबार बिहान सिंहले दाबी पेश गरेका हुन्।
उनलाई एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीको समर्थन छ। १०७ सदस्यीय प्रदेश सभामा ६ राजनीतिक दलका ५५ जना सासंदले सतिश सिंहलाई मुख्यमन्त्रीमा समर्थन गरेका हुन्।
तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउन नसकी पदमुक्त भएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदीले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न शुक्रबार बिहान १० बजेसम्म समय दिएकी थिइन्।
दलहरूबीच जनमतले मुख्यमन्त्रीसहित एउटा तत्काल बिनाविभागीय मन्त्रालय पाउने सहमति छ । त्यस्तै एमालेले भौतिक, शिक्षा, स्वास्थ्य र खेलकुद तथा समाज कल्याण तथा माओवादी केन्द्रले अर्थ र पर्यटन मन्त्रालय पाउनेछन्।
एकीकृत समाजवादीलाई कृषि, ऊर्जा तथा सिँचाइ, नेपाल समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानून र नागरिक उन्मुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको जनमत पार्टी निकट स्रोतले जानकारी दिएको छ।
सिंहले एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीको समर्थनमा दाबी पेश गरेका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
