तोलामा १ लाख ४५ हजार पुग्यो सुनको मूल्य

छापावाल सुन घिल्लो दिनभन्दा प्रतितोला १ हजार रुपैयाँ बढेर १ लाख ४५ हजार पुगेको छ। गत शुक्रबार १ लाख ४० हजार ५०० रुपैयाँ थियो।

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लाग्न थालेको छ। 

बिहीबारको तुलनामा छापावाल सुन प्रतितोला १ हजार रुपैयाँ बढेर शुक्रबार १ लाख ४५ हजार पुगेको हो।

त्यसअघि बुधबार प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ रहेको थियो। गत शुक्रबार १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ३०० तोकिएको छ। बिहीबार १ लाख ४३ हजार ३०० रुपैयाँ थियो। 

यसैगरी, चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेको छ। अघिल्लो दिन १ हजार ८५० रहेको चाँदी १ हजार ९०० रुपैयाँ पुगेको हो।