मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले सत्ता गठबन्धनमा आबद्ध दलहरूबाट १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्।
धनुषा– मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार दिउँसो प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष उनले शपथ लिएका हुन्।
यसैबीच मुख्यमन्त्री सिंहले सत्ता गठबन्धनका अन्य दललाई समेटेर १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। उनीहरू सबैले शुक्रबार नै शपथ लिएका छन्।
मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र) का तर्फबाट अर्थमन्त्रीमा प्रदेश संसदीय दलका नेता भरतप्रसाद साह, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्रीमा युवराज भट्टराई नियुक्त भएका छन्।
त्यस्तै, नेकपा एमालेबाट संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार विकासमन्त्री, राजकुमार लेखी शिक्षा तथा संस्कृति, शत्रुधनप्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या तथा केशव राय स्वास्थ्य राज्यमन्त्री र शारदादेवी थापा शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा नियुक्त भएका छन्।
नेकपा एकीकृत समाजवादीका तर्फबाट संसदीय दलका नेता गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, बेची लुंगेली ऊर्जा, सिँचाइ र खानेपानीमन्त्री, नेपाल संघीय समाजवादी पार्टीका तर्फबाट विमला अन्सारी गृह, सञ्चार तथा कानूनमन्त्री र नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंहलाई श्रम तथा यातायातमन्त्रीको जिम्मेवारी दिइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
