बजेट अभावको कारण देखाउँदै वीरगन्ज–रक्सौल सडक खण्डअन्तर्गत रजतजयन्तीचोकको निर्माण कार्य अघि बढाइएको छैन।
पर्सा– झन्डै दुई करोड बजेट अभावका कारण भारतसँग सीमा जोड्ने वीरगन्ज–रक्सौल सडक खण्डअन्तर्गतको रजतजयन्तीचोकमा पर्ने जीर्ण सडक कालोपत्र हुन सकेको छैन।
व्यापारिक मार्ग विस्तार योजना वीरगन्ज–पथलैया सडकका योजना कार्यालयले गत पुसमा यो सडकखण्ड निर्माण गर्ने ठेक्का अघि बढाएको थियो। तर, अहिले बजेट अभावलाई देखाउँदै यो सडकको निर्माण कार्य अघि बढ्न सकेको छैन। केही समयअघि निर्माण कम्पनी निर्माणस्थलमा खटिए पनि अहिले सडक लथालिंग अवस्थामा रहेको छ।
व्यापारिक मार्ग विस्तार योजना वीरगन्ज–पथलैया सडक योजना कार्यालयका प्रमुख राजेशकुमार यादवले बजेट अभावको कारणले सडक विस्तारको काम हुन नसकेको बताए। “गत पुस २१ गते एक करोड ८० लाख रुपैयाँ लागतमा यो सडकखण्डको ठेक्का सम्झौता भएको थियो,” उनले भने, “अहिले बजेट अभावको कारणले यो सडकखण्ड अघि बढ्न सकेको छैन।”
नेपालको सबैभन्दा धेरै सामान आयात हुने नाकाको सडक लामो समयदेखि जीर्ण रहँदा पनि मर्मतसम्भारको काम अघि बढ्न सकिरहेको छैन। यो सडकखण्ड एक दशकदेखि अलपत्र हुँदै आइरहेको छ। मुलुककै मुख्य व्यापारिक नाका जोड्ने सडक पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने कारणले दुवै मुलुकका सर्वसाधारण र सवारीचालकले हैरानी खेप्दै आइरहेका छन्।
योजना कार्यालय र निर्माण कम्पनीबीच २०८० पुस २१ गते ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौताअनुसार निर्माण कम्पनीले २०८१ असार २१ गतेभित्रै सडक निर्माण सम्पन्न गर्नुपर्नेछ। यो सडकखण्डको लागत एक करोड ८० लाख रुपैयाँ रहेको छ।
योजना प्रमुख यादवले निर्माण कम्पनीलाई सडकको काम गर्न अनुरोध गर्दै आइरहेको बताए। यो सडककै कारण दिनहुँजसो एक दर्जनभन्दा धेरै सवारीसाधन दुर्घटनामा पर्ने गरेका छन्। यो सडकखण्डको चौडाइ १४ मिटर अर्थात् चार लेनको सडक कालोपत्र गर्न लागिएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
