बांग्लादेशमा अदुवा, अलैँची, अम्लिसो तथा जडीबुटी निर्यातको सम्भावना धेरै छ। नेपाल सरकारले यी वस्तुको निर्यातमा अनुदानको व्यवस्था गरी प्रोत्साहन दिन सकेमा निर्यात बढ्ने व्यवसायीहरूको भनाइ छ।
झापा– नेपालले आर्थिक वर्ष २०५४/०५५ देखि सिधा व्यापार शुरू गरेको दक्षिण एशियाली मुलुक बांग्लादेशसँग व्यापार घाटा बढ्दो क्रममा छ। कुनै समय पाँच अर्ब रुपैयाँभन्दा बढीको मालसामान बांग्लादेश निर्यात गरेको नेपाल अहिले केही करोडमै सीमित हुन पुगेको छ।
नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकडभिट्टाका निमित्त प्रमुख सुवास पाण्डेयका अनुसार नेपाल–बांग्लादेशबीचको व्यापार पछिल्लो एक दशकयता निरन्तर खुम्चिँदो अवस्थामा छ। आर्थिक वर्ष २०७०/०७१ सम्ममा द्विपक्षीय व्यापारमा आयात कम र निर्यात बढी हुने गरेकामा हाल निर्यातको अवस्था झरेको छ।
मेची भन्सार कार्यालय काकरभिट्टाका सूचना अधिकारी गणपति कँडेलले चालु आवको वैशाख मसान्तसम्म बांग्लादेशमा निर्यात २३ करोड ७४ लाख ३९ हजार रुपैयाँ हुँदा आयात तीन अर्ब १७ करोड ९९ लाख रुपैयाँ बढी भएको छ। उनका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा नेपालले बांग्लादेशबाट पछिल्लो दशककै सबैभन्दा बढी आयात गरेको थियो। त्यस वर्ष आयात ११ अर्ब रुपैयाँभन्दा बढी हुँदा निर्यात भने ६३ करोड रुपैयाँमै सीमित हुन पुगेको थियो।
गोदाम व्यवस्था कम्पनीको तथ्यांकअनुसार द्विपक्षीय व्यापारको पछिल्लो २६ वर्षमा १० वर्ष नेपालबाट हुने निर्यात बांग्लादेशबाट हुने आयातको तुलनामा बढी देखिन्छ। आर्थिक वर्ष २०७१/०७२ देखि नेपालबाट निर्यात कम र बांग्लादेशबाट आयात निरन्तर बढिरहेको छ।
हाल दाल, जडीबुटी, मोलासिस, खाद्यपदार्थ, पशु आहाराका लागि कच्चापदार्थ, खयरकत्था, रङरोगनका पदार्थ मुख्य निर्यात हुने वस्तुहरू हुन् भने जुट, भटमासको पिना, एलोपेथिक औषधि, लिड—एसिड ब्याट्री, कपडा, फलफूलका जुस, ग्लास सिट, बिस्कुट तथा चकलेटलगायतका मालवस्तु बढी आयात हुनेमा पर्छन्।
भन्सार एजेन्ट नवीन दाहालले नेपालबाट निर्यात हुने वस्तुमा बांग्लादेशले भन्सार महसुल धेरै लगाएको र उताबाट यहाँ आयात हुने वस्तुमा ज्यादै न्यून भन्सार महसुल दर छ। भन्सार महसुल कम गर्न सकेमा बांग्लादेशमा उच्च माग रहेका तरकारीजन्य वस्तु र अन्य कृषिजन्य उत्पादन नेपाली व्यवसायीहरूले निर्यात गर्न सक्ने उनले बताए।
बांग्लादेशमा अदुवा, अलैँची, अम्लिसो तथा जडीबुटी निर्यातको सम्भावना धेरै छ। नेपाल सरकारले यी वस्तुको निर्यातमा अनुदानको व्यवस्था गरी प्रोत्साहन दिन सकेमा निर्यात बढ्ने व्यवसायीहरूको भनाइ छ।
बांग्लादेशले भारतबाट निकासी हुने कतिपय उस्तै वस्तु नेपालबाट निर्यात गर्दा बढी भन्सार महसुल लिने गरेकाले निर्यात घटेको भन्सार एजेन्ट दाहालले बताए। द्विपक्षीय व्यापारमा यीलगायत अन्य समस्या समाधान गर्न सकेमा बांग्लादेशमा निर्यात बढाउन सक्ने उनको भनाइ थियो।
नेपाल-बांग्लादेश द्विपक्षीय व्यापार सम्झौतामा सुधार गरी निकासी गर्ने नयाँ मालवस्तु पहिचान गर्न सकेमा निर्यात बढ्ने नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकडभिट्टाका निमित्त प्रमुख पाण्डेय बताउँछन्। “बांग्लादेशमा उच्च माग रहेका वस्तु पहिचान गरी नेपालबाट निकासी गर्न सकेमा धेरै लाभ उठाउन सकिन्छ,” उनले भने।
नेपालको पूर्वी नाका काँकडभिट्टाबाट भारत पश्चिम बंगालको फूलबारी, बांग्लादेशको उत्तरी नाका बंगलाबन्ध हुँदै जान्छ। शुरूआतमा यो रुटबाट नेपाल—बांग्लादेशबीच मात्रै व्यापार हुने गरेकामा पछिल्लो समय भारत र भुटानले समेत बांग्लादेशसँग व्यापार गरिरहेको फूलबारी भन्सारका ‘सुपरिटेन्डेन्ट’ सञ्जीव कुमार बताउँछन्।
बंगलाबन्ध नाका प्रयोग गरी भुटानले दैनिक औसतमा १५० बढी टिपर ढुंगागिट्टी बांग्लादेश निर्यात गरी आर्थिक लाभ लिइरहेको फूलबारी भन्सारका ‘सुपरिटेन्डेन्ट’ कुमारले बताए। “भारतले पनि ढुंगा गिट्टीलगायत अन्य मालवस्तु यही नाकाबाट बांग्लादेश निर्यात गरिरहेको छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
