‘कृत्रिम बुद्धिमत्ता अनुप्रयोग: भविष्य नेभिगेटिङ’को विषयवस्तुअन्तर्गत १० आशियान सदस्य राष्ट्रका मन्त्री र तिनीहरूका प्रतिनिधिको बैठक बसेको हो।
विज्ञान, प्रविधि र नवप्रवर्तन सम्बन्धी २०औँ आशियान मन्त्रिस्तरीय बैठक बसेको छ ।
आसियान क्षेत्रमा विज्ञान, प्रविधि र नवप्रवर्तन (एसटीआई) को भविष्यलाई आकार दिने उद्देश्यले ‘कृत्रिम बुद्धिमत्ता अनुप्रयोग: भविष्य नेभिगेटिङ’को विषयवस्तुअन्तर्गत १० आशियान सदस्य राष्ट्रका मन्त्री र तिनीहरूका प्रतिनिधिको बैठक बसेको हो।
उत्तरपश्चिम कम्बोडियाको सिमरीप प्रान्तमा शुक्रबार बैठकको उद्घाटन गर्दै कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले सबै विकास ‘जनता केन्द्रित’ हुनुपर्नेमा जोड दिए।
“विज्ञान र प्रविधिको विकासद्वारा समर्थित भूमण्डलीकरणबाट आशियानले धेरै फाइदा उठाएको छ, जसले यस क्षेत्रलाई एउटा समूहबाट विश्वको विकासको केन्द्रविन्दुमा परिणत गरेको छ,” उनले भने, “वास्तवमा एआई हाम्रो जीवनमा सर्वव्यापी भएको छ, स्मार्टफोनमा जानकारी खोज्ने जस्ता साधारण कार्यले यसलाई स्पष्ट पार्छ।”
कम्बोडियाका विज्ञान, प्रविधि र नवप्रवर्तनमन्त्री हेम भ्यान्डीले बैठकले उद्योग, शिक्षा, स्वास्थ्य सेवा, जलवायु परिवर्तन र सेवा जस्ता प्रमुख क्षेत्रमा एआईको प्रभावको अन्वेषण गर्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
