चीनमा तियानमेन स्क्वायरको प्रदर्शनपछि जेमिन शक्तिशाली नेताका रूपमा उदाएका थिए। उनी प्रजातन्त्रवादी नेताका रूपमा पनि चिनिन्छन्।
काठमाडौँ– चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको ९६ वर्षको उमेरमा निधन भएको छ। जेमिनको बुधबार दिउँसो निधन भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
जेमिन सन् १९२६ अगस्ट १७ मा चीनको याङझाओमा जन्मिएका थिए। पछि सन् १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपति रहेका जियाङ सन् १९८९ देखि २००२ सम्म चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव थिए। उनले राजनीतिमा 'कोर अफ द थर्ड जेनेरेसन'को प्रतिनिधित्व गरेका थिए।
चीनमा तियानमेन स्क्वायरको प्रदर्शनपछि शक्तिमा उदाएका नेता जेमिन त्यहाँका प्रजातन्त्रवादी नेताका रूपमा चिनिन्छन्। सन् १९८९ मा बेइजिङभित्र र तियानमेन स्क्वायरमा भएको हिंसात्मक प्रदर्शनपछि उनी शक्तिशाली नेताका रूपमा उदाएका थिए। यसै घटनाले चीनमा विश्वको ध्यानाकर्षण भएको थियो। त्यतिबेला चिनियाँ कम्युनिस्ट पार्टीभित्र कट्टर र सुधारवादी नेताहरूबीच शक्ति संघर्ष चर्काएको थियो। कट्टर र लचक दुवै पक्षलाई एकताबद्ध गर्न जियाङलाई मध्यस्थता नेताका रूपमा चयन गरिएको थियो।
उनकै नेतृत्वमा चीनमा शक्तिशाली अर्थव्यवस्थाको शुरू भयो र कम्युनिस्टहरू सत्तामा उदाए। त्यसयता नै चीन विश्वकै शक्तिराष्ट्रका रूपमा अघि बढ्न थालेको मानिन्छ।
सन् १९९७ मा हङकङको शान्तिपूर्ण हस्तान्तरणको निगरानीदेखि सन् २००१ मा विश्व व्यापार संगठनमा चीनको प्रवेशमा पनि उनकै देन रहेको विश्वास गरिन्छ। यसले चिनियाँ अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय समुदायसम्म जोड्ने काम गरेको थियो।
तर, साथमा राजनीतिक सुधारहरू पनि जारी रहँदा १९९९ मा धार्मिक सेक्त फालुन गोङमा भएको प्रदर्शनका लागि भने उनको निकै आलोचना भएको थियो। साथै, यसलाई चिनियाँ पार्टीको जोखिमका रूपमा पनि लिइएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
