महासंघले २०७० सालदेखि प्रत्येक वर्ष दिवस मनाउँदै आएको छ। यस अवसरमा कृषि पेसा र कृषकको प्रोत्साहन तथा सम्मानका लागि विभिन्न कार्यक्रम आयोजना गर्ने गरिन्छ।
काठमाडौँ– नेपालमा आइतबार १२औँ राष्ट्रिय कृषक दिवस मनाइँदै छ।
राष्ट्रिय कृषक महासंघ नेपालले ‘मानवीय विकासको मुख्य आधार कृषक समुदायको विकास गरी समग्र समाजको विकासमा सहयोगी बनौँ’ नारासहित दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको जनाएको छ।
महासंघले २०७० सालदेखि प्रत्येक वर्ष महासंघले दिवस मनाउँदै आएको छ। यस अवसरमा कृषि पेसा र कृषकको प्रोत्साहन तथा सम्मानका लागि विभिन्न कार्यक्रम आयोजना गर्ने गरिन्छ।
दिवसका अवसरमा देशभरबाट उत्कृष्ट कृषकलाई सम्मान तथा आधुनिक र विकसित कृषि प्रणालीबारे सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ। खाद्यान्न उत्पादन गरी मानवलगायत प्राणीको जीवन रक्षामा लागेका कृषिकर्मीलाई समयसापेक्ष कृषि प्रणालीको ज्ञान र सीप सिकाएर व्यावसायिक बनाउनुपर्नेमा महासंघले जोड दिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालमा हाल ५०.१ प्रतिशत जनसंखया कृषिमा पेसामा आश्रित छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
