विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि दलहरूले समय मागेका कारण बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ।
काठमाडौँ– विनियोजन विधेयकमा छलफल गर्न आइतबार र सोमबारका लागि निर्धारित प्रतिनिधिसभाका बैठक स्थगित गरिएको छ।
सभामुख देवराज घिमिरेको सरकारी निवासमा संसद्मा प्रतिनिधित्व गरेका मुख्य दलका प्रमुख सचेतकबीच आइतबार बिहान बसेको बैठकले उक्त निर्णय गरेको हो।
विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि दलहरूले समय मागेका कारण बैठक स्थगनको सूचना जारी गरिने सभामुखको सचिवालयले जनाएको छ। उक्त विधेयकमा यही २९ गतेदेखि नियमित छलफल हुनेछ।
बैठकमा सभामुख घिमिरे, उपसभामुख इन्दिरा रानासहित दलका प्रमुख सचेतक तथा सचेतक, मुख्यसचिव डा. वैकुण्ठ अर्याल र संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय उपस्थित थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
