एकैदिन तोलामा ४ हजारले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ४१ हजार रुपैयाँ निर्धारण भएको छ। शुक्रबार १ लाख ४५ हजार थियो।

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य तोलामा चार हजार रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ४१ हजार रुपैयाँ निर्धारण भएको छ। अघिल्लो कारोबार दिन शुक्रबार १ लाख ४५ हजारमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४० हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ। शुक्रबार १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार तोलामा एक हजार ९०० मा कारोबार भएको चाँदी एक हजार ८२५ रुपैयाँ निर्धारण भएको छ।