निर्माणको काम ठेक्का लिएको ठेकेदार कम्पनीले २०८० असारमा काम छोडेर हिँडेपछि भवन अलपत्र परेको हो। वनको लागत ११ करोड ५८ लाख रुपैयाँमा रहेको छ।
गोलबजार– सिरहाको भगवानपुर गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम अलपत्र परेको छ।
निर्माणको काम ठेक्का लिएको ठेकेदार कम्पनीले २०८० असारमा काम छोडेर हिँडेपछि भवन अलपत्र परेको हो। भवनको लागत ११ करोड ५८ लाख रुपैयाँमा रहेको छ।
रौता अनसुमन जेभी काठमाडौँले २०७८ असार २० गते भएको ठेक्का सम्झौता गरेको थियो। सम्झौतामा तीन वर्षमा काम सक्नुपर्ने उलेख छ। दुई महिना मात्र समय बाँकी रहे पनि ठेकेदार नै सम्पर्कमा नआएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रनारायण चौधरीले बताए।
सो भवन ‘अन्डर ग्राउन्ड’ सहित पाँचतले निर्माण हुने पूर्ण अपांगतामैत्री, पर्याप्त शौचालय भएको हुनेछ। भवनमा सेवाग्राहीका लागि डीपीआरमा लिफ्ट पनि उल्लेख गरिएको छ। तर गाउँपालिकाले सोका लागि रकम छुट्याएको छैन।
भवन निर्माणको काम अलपत्र छाडेको ठेकेदार कम्पनीले पेस्की रकमसहित तीन करोड पाँच लाख २० हजार बुझेको इञ्जिनियर प्रविन भक्तले जानकारी दिए। उनका अनुसार प्रशासनिक भवनको ३५ प्रतिशत भौतिक प्रगति रहेको छ। गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले ठेकदारलाई काम अगाडि बढाउन बाँकी रकम भुक्तानी गर्ने बताए।
गाउँपालिकाको आफ्नै भवन नभएपछि साविक भगवानपुर गाविस भवनबाट कार्यसम्पादन गरिँदै आएको छ। केही शाखा र वडा भवन अभावमा निजी घरमा भाडामा लिएर सञ्चालन भइरहेको र वार्षिक २६ लाख रुपैयाँ घर भाडामा रकम खर्च भइरहेको गाउँपालिकाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
