अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–६ खिड्किजिउला जोडने झोलुंगे पुलको एकातर्फको लट्ठा चुँडिएर जाली लत्रिएको हो।
अछाम– कर्णाली नदीमा रहेको झोलुंगे पुलको लट्ठा चुँडिदा १३ खच्चड पुलको बीच भागमै अड्किएका छन्। अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–६ खिड्किजिउला जोडने झोलुंगे पुलको एकातर्फको लट्ठा चुँडिएर जाली लत्रिएको हो।
खुट्टा जालीभित्र पसेपछि आइतबार बिहानदेखि खच्चडहरू पुलको बीच भागमै फसेका अछामका डीएसपी सन्तोष पाठकले जानकारी दिए। “खुट्टा पुरै जालीभित्र पसेपछि १३ खच्चड त्यहाँबाट निस्किन पाएका छैनन्,” उनले भने, “उद्धारका लागि अछाम र दैलेखका विभिन्न प्रहरी चौकीबाट प्रहरी खटाएका छौँ।” उद्धार टोलीले घटनास्थलमा पुगेर काम शुरू गरिसकेको उनले बताए।
भारीसहितका खच्चड एकसाथ हिँड्न थालेपछि पुलको एकतर्फको लट्ठा चुँडिएको बताइएको छ। खट्टा जालीभित्र पसेपछि खच्चड घाइते भएका छन्। कर्णाली नदीमा निर्मित झोलुंगे पुलको दाहिने तर्फको भाग लत्रिएको हो। पुलको दाहिने तर्फको भाग पुरै बांगो भएको छ। अहिले उक्त पुलमा आवतजावत बन्द छ ।
व्यापारीले चिल्तडाबाट दैलेखको खिड्किजिउलातर्फ खच्चडलाई सामान बोकाएर लैजाँदै थिए। अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल तथा सुरक्षा निकायका प्रमुखसहितको टोली अहिले घटनास्थलतर्फ गएको छ। अछामस्थित नेपाली सेनाको गोरख बक्स गणको टोली पनि उद्धारका लागि त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
