तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न बुझाइएको मनोनयन दस्ताबेजका विषयमा स्थलगत अध्ययन गर्न युनेस्कोको टोली अगस्टमा नेपाल आउने कोषले जनाएको छ।
काठमाडौँ–प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोट पुरातात्त्विक क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न लुम्बिनी विकास कोषले मनोनयन दस्ताबेज तयार गरी पेश गरेको छ।
नेपाल सरकारको आर्थिक वर्ष २०७९/२०८० तथा २०८०/२०८१ को नीति तथा कार्यक्रममा तिलौराकोट पुरातात्त्विक क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाउने उल्लेख गरिएअनुसार मनोनयन दस्ताबेज तयार गरी पेश गरिएको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए।
फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले गत वर्ष माघमा मनोनयन दस्ताबेज संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक केन्द्र (युनेस्को) को विश्वसम्पदा शाखाका प्रतिनिधिलाई बुझाएका हुन्। फ्रान्सका लागि नेपाली राजदूतलाई युनेस्कोका निमित्त स्थायी प्रतिनिधिका रूपमा काम गर्ने जिम्मेवारी दिइएको हुन्छ।
प्राचीन कपिलवस्तुलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न बुझाइएको उक्त मनोनयन दस्ताबेजका विषयमा स्थलगत अध्ययन गर्न युनेस्कोको टोली आगामी अगस्टमा नेपाल आउने कोषले जनाएको छ। स्थलगत अध्ययन गरेपछि आगामी सेप्टेम्बर तथा नोभेम्बरसम्ममा प्राचीन कपिलवस्तु विश्वसम्पदा सूचीमा सूचीकृत भएको घोषणा हुने विश्वास गरिएको सदस्य सचिव शाक्यले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
