नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ५ अर्बको कारोबार

आइतबार इस्टर्न हाइड्रोपावर, शुभम पावर, सिटी होटल र कुर्थली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साताको पहिलो कारोबार दिन आइतबार पनि ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार, नेप्से परिसूचक ४.५९ अंकले ओरालो लागेर २०७३.१९ मा सीमित भएको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.१५ अंकले ओरालो लागेर ३६८.१८ मा सीमित भएको छ। एक करोड चार लाख ५२ हजार १२८ कित्ता शेयर पाँच अर्ब १८ करोड ९० लाख ७९ हजार ५२२ मा कारोबार भयो।

नेप्सेका अनुसार इस्टर्न हाइड्रोपावर, शुभम पावर, सिटी होटल र कुर्थली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। भगवती हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाएका छन्। 

यस्तै, बुद्धभूमि नेपाल हाइड्रोपावर १०, पोखरा फाइनान्स ७.१२, लक्ष्मी लघुवित्त ६.६१, माईखोला हाइड्रोपावर ५.३४ तथा मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले ४.५२ प्रतिशतले गुमाएका छन्।