काठमाडौँ महानगरको शिक्षा विभागले शैक्षिक क्रियाकलापका लागि उपयोग हुनुपर्ने ठाउँ भाडामा लगाएर आय गरिरहेको पाइएको भन्दै चार वटा सामुदायिक विद्यालयका ६१ वटा सटरमा ताला लगाएको छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले चार वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा ताला लगाएको छ। विभागसँगै प्रमुखको सचिवालय र महानगर प्रहरी बलसहितको टोलीले शैक्षिक क्रियाकलापका लागि प्रयोग गर्नुपर्ने ठाउँ व्यावसायिक प्रयोजनका लागि दिइएको भन्दै सटर तथा टहरामा ताला लगाएको हो।
महानगरले रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयले भाडामा दिएका १७ वटा सटर, बागबजारमा रहेको शहीद शुक्र माविले भाडामा दिएका २२ वटा सटर, विजय स्मारक मावि डिल्लीबजारले भाडामा लगाएका आठ वटा सटर र पद्मकन्या मावि डिल्लीबजारले भाडामा लगाएका १४ वटा सटरमा ताला लगाइएको हो।
शैक्षिक क्रियाकलापका लागि उपयोग हुनुपर्ने ठाउँ भाडामा लगाएर आय गरिरहेको पाइएपछि सटरमा ताला लगाएर चाबी प्रधानाध्यापकलाई बुझाइएको महानगरका शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिए। उनका अनुसार यसरी ताला लगाइएका सटरमा पुनः व्यवसाय चलाउन पाइँदैन। व्यवसायीलाई आफ्ना सामान लैजान सात दिनको समय दिइएको छ।
“महानगरपालिका भित्रका ३७ वटा विद्यालयले सटर या विद्यालय परिसरमा टहरा बनाएर भाडामा लगाएको देखिएको छ। यी सबै सटर र टहरा शैक्षिक क्रियाकलापका लागि प्रयोगमा ल्याइनेछन्” दाहालले भने, “विद्यालयलाई शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक स्रोत महानगरपालिकाले प्रदान गरिरहेको छ। विद्यालयले माग गरेभन्दा धेरै कार्यक्रम पठाएको छ।”
विद्यालयहरू स्थान अभावका कारण शैक्षिक कार्यक्रम सञ्चालनमा असहज भएको गुनासो गर्दै आएको तर आफूसँग भएको स्थानलाई प्रयोगमा ल्याउने विषयमा कहिल्यै कुरा नआएको काठमाडौँ महानगर प्रमुखको सचिवालय सदस्य सस्मित पोखरेल बताए। विद्यालयले भाडामा लगाइएका स्थान खाली गरेर शैक्षिक क्रियाकलाप सञ्चालनका लागि उपयोगमा ल्याइने उनको भनाइ छ।
“विद्यालयहरूमा विज्ञान र कम्प्युटर ल्याब बनाउनु पर्नेछ। पढ्ने संस्कृति बसाउन पुस्तकालय बनाउनु पर्नेछ। भाडामा लगाइएका स्थान खाली गरेर शैक्षिक क्रियाकलाप सञ्चालन उपयोगमा ल्याउँछौँ,” उनले भने।
महानगरका अनुसार विद्यालयको सम्पत्ति शैक्षिक क्रियाकलाप सञ्चालनमा उपयोग हुनुपर्छ। विद्यालयले सरकारी सम्पत्ति आफूखुशी भाडा लगाउन नपाइने महानगर प्रमुखको सचिवालय सदस्य पोखरेलको भनाइ छ।
कतिपय विद्यालयले नक्सा स्वीकृत नगरी टहरा बनाएर भाडामा लगाएको पाइएको, सबै ठाउँबाट व्यावसायिक प्रयोजन हटाइने र शैक्षिक क्रियाकलाप स्थापित गरिने महानगरले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
