निक्षेपको साँवा, ब्याज फिर्ता गर्ने पहल नै नगरी सहकारी संस्था नै बन्द गरी बचतकर्ताको सात करोड ४० लाख रुपैयाँ अपचलन भएपछि सीआईबीले अनुसन्धान गरिरहेको छ।
काठमाडौँ– स्क्वायर बचत तथा ऋण सहकारी संस्था काठमाडौँको करोडौँ रकम अपचलन गरेको आरोपमा अध्यक्षसहितका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा उक्त सहकारीका अध्यक्ष वासुदेव मान जोशी, सचिव सुवर्ण सेलालिक र सदस्य धर्मरत्न पाछैँ रहेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ। पक्राउ परेकाहरूमाथि सहकारीको सात करोड ४० लाखभन्दा बढी रकम हिनामिना गरेको आरोप छ।
सहकारीका निक्षेपकर्तालाई आकर्षक ब्याजदर दिन्छु भनी प्रलोभन देखाइ निक्षेपकर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई रकम हिनामिना गरेको आरोप रहेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए। उनले पीडित अन्य बचतकर्ताहरूलाई पनि सम्पर्कमा आउन अनुरोध गरिएको जानकारी दिए।
मासिक/त्रैमासिक/वार्षिक रूपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका साथ उक्त संस्थामा बचतकर्ताहरूले जम्मा गरेको रकमको सावाँ, ब्याज फिर्ता गर्न पटक–पटक ताकेता गर्दा पनि सुनुवाइ नगरेपछि पीडितले उजुरी दिएका थिए।
संस्था नै बन्द गरी बचतकर्ताको सात करोड ४० लाख ८७ हजार बचत रकम अपचलन तथा हिनामिना भएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ।
सहकारी विभागको पत्रका आधारमा काठमाडौँका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी सहकारी ऐन, २०७४ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको सीआईबीले आइतबार एक सूचना जारी गरी जानकारी गराएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
