प्रधानमन्त्री नेतन्याहूप्रति असन्तुष्ट बेनी गान्ट्जले यो निर्णय ‘गहिरो मनका साथ लिएको’ बताए।
इजरायलको 'वार क्याबिनेट' मन्त्री बेनी गान्ट्जले देशको आपतकालीन सरकारबाट राजीनामा दिएका छन्। यो कदमलाई युद्धपछि गाजाका लागि प्रधानमन्त्री बिन्यामिन नेतन्याहूको योजनालाई लिएर दुईबीचको मतभेदको गहिराइको रूपमा हेरिएको छ।
गत अक्टोबर ७ मा इजरायलमा हमासले आक्रमण गरेपछि गठन भएको वार क्याबिनेटमा नेतन्याहूसहित, रक्षामन्त्री योभ ग्यालेन्ट र पूर्व सेनाप्रमुख गान्ट्ज रहेका थिए। साथमा ३ जना पर्यवेक्ष्यक रहने व्यवस्था छ। उनीहरूले गरेको निर्णयमा नै इजरायली सेना परिचालित छ।
गान्ट्जले आइतबार तेल अभिभमा पत्रकार सम्मेलन गर्दै आफ्नो राजीनामाको घोषणा गरेको जानकारी दिएका हुन्। प्रधानमन्त्री नेतन्याहूप्रति असन्तुष्ट उनले यो निर्णय ‘गहिरो मनका साथ लिएको’ बताए।
“दुर्भाग्यवश, नेतन्याहूले हामीलाई वर्तमान संकटको अन्त्य गर्न आवश्यक पर्ने साँचो विजय हासिल गर्नबाट रोकिरहेका छन्,” गान्ट्जले भने। आगामी चुनावमा नेतन्याहूको सम्भावित प्रतिद्वन्द्वी मानिने गान्ट्जले उनलाई देशमा चुनावको मिति तय गर्न आह्वानसमेत गरे।
गान्ट्जले राजीनामा दिएपछि नेतान्याहूले ट्वीटरमा लेखेका छन्, “बेनी, यो अभियान छोड्ने समय होइन, सेनामा भर्ना हुने समय हो।”
इजरायली विपक्षी नेता यायर लिपिडले गान्ट्जलाई समर्थन गर्दै उनको निर्णयलाई ‘आवश्यक र सही’ भनेका छन्। गान्ट्जको राजीनामाको लगत्तै अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेनगभिरले युद्ध मन्त्रिपरिषद्मा स्थानको माग गरेका बीबीसीले जनाएको छ।
बेनगभिर दक्षिणपन्थी गठबन्धनको हिस्सा हुन्। गठबन्धनले अमेरिकी राष्ट्रपति जो बाइडेनको युद्धविराम प्रस्तावलाई इजरायलले स्वीकार गरेमा सरकार छोड्ने र सरकार ढाल्ने धम्की दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
