सोमबार एक करोड १६ लाख ३४ हजार ६१८ कित्ता शेयर किनबेच हुँदा पाँच अर्ब ४९ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
काठमाडौँ– साताको दोस्रो दिन सोमबार शेयर बजार परिसूचक नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। सोमबार नेप्से ८.९० अंकले बढ्दै २०८२.०९ को विन्दुमा उक्लिएको छ।
यस दिन एक करोड १६ लाख ३४ हजार ६१८ कित्ता शेयर किनबेच हुँदा पाँच अर्ब ४९ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
अघिल्लो दिन आइतबार ४.५९ अंक झिनो गिरावटपछि नेप्से परिसूचक २०७३.१९ को विन्दुमा रहँदा एक करोड ४ लाख ५२ हजार १२८ कित्ता शेयर किनबेच भएको थियो। कारोबार रकम पाँच अर्ब १८ करोड ९० लाख रुपैयाँ थियो।
सोमबार १३ मध्ये सात उपसूचक बढेका छन् भने ६ वटा घटेका छन्। विकास बैंक, फाइनान्स, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा बढेका छन्। १७६ कम्पनीको शेयर मूल्य बढ्दा सर्वाधिक जलविद्युत् २ र निर्जीवन बीमा १.२८ प्रतिशतले बढेका छन्।
कुथेली बुखारी साना जलविद्युत् र त्रिशूली जलविद्युत् कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। पिपुल्स पावर र मोलुङ हाइड्रोपावरको शेयर पनि सकारात्मक सर्किटस्तरमा बढेको छ।
घट्नेमा वाणिज्य बैंक, होटल तथा पर्यटन, जीवन बीमा, म्युचुअल फन्ड, व्यापार र अन्य उपसमूह छन्। म्युचुअल फन्ड ३.७४ र व्यापार उपसमूह २.०४ प्रतिशतले घटेको छ। शेयर मूल्य घटेका ६१ कम्पनीमध्ये जानकी फाइनान्सका लगानीकर्ता ८.६७ प्रतिशत नोक्सानमा छन्। सोमबार नौ कम्पनीको शेयर मूल्य स्थिर रह्यो।
सर्वाधिक कारोबार हुने कम्पनीमा एनआरएन इन्फ्रास्ट्रचर सोमबार पनि पहिलो नम्बरमा छ। उक्त कम्पनीको ४१ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ। यस्तै, माउन्टेन इनर्जीको २४ करोड ४७ लाख, जानकी फाइनान्सको १६ करोड ७७ लाख, सीईडीबी हाइड्रोपावरको १३ करोड ५१ लाख, युनाइटेड इदीमर्दीको १२ करोड ४४ लाखको शेयर किनबेच भएको छ।
१४७ कम्पनीको शेयर मूल्य घट्दा बढी नोक्सानमा बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ता छन्। उक्त जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ। यस दिन पोखरा फाइनान्स, लक्ष्मी लघुवित्त, माईखोला हाइड्रोपावर, मध्य सोलु हाइड्रोपावर लगायतका कम्पनीको शेयर मूल्य घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
