सीआईबीको टोलीले ठगी मुद्दामा अनुसन्धानका लागि सेन्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित नौ जनालाई पक्राउ गरेको छ।
काठमाडौँ– केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले ठगी मुद्दामा अनुसन्धानका लागि सेन्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित नौ जनालाई पक्राउ गरेको छ।
ठगी मुद्दामा अनुसन्धानका लागि सेन्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठ, सुनिलकुमार न्यौपाने, प्राडा गीता प्रधान, रमेशकुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेशकुमार दली, उमाकुमारी श्रेष्ठ, शिवगोपाल रिसाल तथा अभिषेक बज्राचार्यलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोटगीले जानकारी दिए।
“ठगीको मुद्दामा अनुसन्धानका लागि सेन्चुरी बैंकका नौ जना पक्राउ परेका छन्, अभिषेक बज्राचार्यलाई सुनसरीबाट आज पक्राउ गरिएको हो,” उनले भने।
यसअघि सीआईबीले कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा गत फागुन १५ गते सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने र तुलसी गौतमसहितका अन्य कर्मचारी पक्राउ परेको थियो।
सेन्चुरी बैंकमा रहँदा कमसल धितोमा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार कर्जा प्रवाह गरेको सीआईबीको अनुसन्धानले देखाएको छ। उक्त ऋण धितोभन्दा ९७ करोड ४१ लाख ७० हजार ७७२ रुपैयाँले बढी पाइएको सीआईबीको दाबी छ। बयानपछि पक्राउ परेका सबै गत चैतमा हाजिर जमानीमा छुटेका थिए।
हाल सेन्चुरी बैंक प्रभु बैंकमा गाभिइसकेको छ। देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रवीन्द्र चौलागाईंको योजना र मिलेमतोमा सेन्चुरी बैंकका तत्कालीन चिफ क्रेडिट अफिसर राजेश भण्डारी, तत्कालीन सीईओ न्यौपाने, त्यसअघिका सीईओ गौतमलगायतका व्यक्तिले कमिसन लिई कम धितो राखेर बढी ऋण प्रवाह गरी बैंकलाई हानि नोक्सानी पुर्याएको आरोप छ। अनुसन्धानका क्रममा तत्कालीन सञ्चालक समितिका अध्यक्ष श्रेष्ठको पनि संलग्नता देखिएपछि उच्च अदालत पाटनबाट पक्राउको अनुमति लिएर सोमबार पक्राउ गरिएको सीआईबीले जनाएको छ।
बचतकर्ताको सात अर्ब रुपैयाँ हिनामिनाको आरोप लागेका देउरालीका अध्यक्ष चौलागाईं अहिले प्रहरी हिरासतमा रहेका छन्। देउराली सहकारी र रवीन्द्र चौलागाईंका विभिन्न कम्पनीलाई कमसल धितोकै आधारमा बैंकबाट कर्जा प्रवाह गरी घोटाला गरेको उनीहरूमाथि आरोप लागेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
