काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले आइतबार र सोमबार गरी १७ सामुदायिक विद्यालयले बहालमा लगाएका २३६ वटा सटरमा ताला लगाएको छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले आइतबार र सोमबार गरी १७ सामुदायिक विद्यालयले बहालमा लगाएका २३६ वटा सटरमा ताला लगाएको छ। महानगरपालिकाले सोमबार १३ सामुदायिक विद्यालयले बहालमा दिएका १७५ सटरमा र आइतबार चार सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा ताला लगाएको हो।
महानगरका अनुसार सोमबार ठमेलस्थित जुद्धोदय माध्यमिक विद्यालय (जेपी स्कुल)का ४६ वटा सटरमा ताला लगाइएको छ। यी स्थानमा रेस्टुरेन्टसहितका व्यापारिक क्रियाकलाप हुँदै आएका थिए।
बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयका ११ वटा, न्होखास्थित कन्या मन्दिर माध्यमिक विद्यालयका ३६ वटा, गुह्येश्वरीस्थित मंगलादेवी माध्यमिक विद्यालयका १२ वटा, बौद्धस्थित जनकल्याण माध्यमिक विद्यालय १४ वटा, चाबहिलस्थित पशुपति मित्र माध्यमिक विद्यालयका ३६ वटा र बौद्धस्थित महेन्द्र माध्यमिक विद्यालयका २० वटा सटरमा ताला लगाइएको शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिए।
यससँगै बोहोराटारमा रहेको शीतला माध्यमिक विद्यालय, महाराजगन्जमा रहेको शिवपुरी माध्यमिक विद्यालय, बोहोराटारमा रहेको नवजागृति माध्यमिक विद्यालय, देवीनगरमा रहेको रुद्रमती आधारभूत विद्यालय, झोँछेमा रहेको विद्योदय आधारभूत विद्यालय र लगनमा रहेको आधारभूत विद्यालयले भाडामा लगाएका सटर आफैँ बन्द गराएका थिए।
महानगरले आइतबार रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयले भाडामा दिएका १७ वटा, बागबजारमा रहेको शहीद शुक्र माविका २२ वटा, डिल्लीबजारस्थित विजय स्मारक माविका आठ वटा र पद्मकन्या माविका १४ वटा सटरमा तथा लगाएको थियो।
“यी विद्यालयले विद्यालयको खुला जग्गा संकुचित बनाएका छन्। अस्थायी टहरा बनाएका छन्। यसले विद्यार्थीको सुरक्षा, शैक्षिक तथा व्यक्तित्व विकासमा बाधा सिर्जना गरेको छ,” शिक्षा अधिकृत नेत्रनारायण पौडेल भने, “शिक्षा ऐन २०२८ को दफा १६, शिक्षा नियमावलीको नियम १५८ र १५९ अनुसार उद्देश्य पूरा नभएको देखिएकाले ताला लगाउनु परेको हो।” ऐनमा रहेको व्यवस्थाअनुसार विद्यालयको सम्पत्ति विद्यार्थीको शैक्षिक र व्यक्तित्व उन्नतिका लागि मात्र उपयोग गर्नुपर्ने उनको भनाइ छ।
महानगरका अनुसार ताला लगाइएका सटरहरूको चाबी विद्यालयका प्रधानाध्यापकलाई बुझाइएको छ। व्यवसाय सञ्चालन गर्न नदिने तर व्यवसायीका सामान सारेर लैजाने शर्तमा प्रधानाध्यापकहरूलाई ताला दिइएको हो ।
महानगर प्रमुखको सचिवालयका प्रमुख सस्मित पोखरेलका अनुसार गत चैत २ गते शिक्षा विभागबाट सबै सामुदायिक विद्यालयलाई पत्राचार गरेर विद्यालय हाताभित्र भएका भाडामा लगाइएका, बहाल अवधि सकिएका सटरको नवीकरण नगराउन भनिएको थियो। “अनुगमनका क्रममा महानगरको पत्राचारप्रति विद्यालयले चासो नदेखाएको पाइएपछि व्यावसायिक सटरमा ताला लगाउनुपरेको हो,” उनले भने।
महानगरपालिकाभित्रका ३७ वटा विद्यालयले सटर वा विद्यालय परिसरमा टहरा बनाएर भाडामा लगाएको अनुगमनपछिको प्रतिवेदनले देखिएको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
