बुधबार सेयर बजारमा ६४ वटा कम्पनीको सेयरमूल्य बढ्दा १२४ वटा कम्पनीको घटेको छ।
काठमाडौँ– पुँजीबजारको बुधबारको कारोबारमा सामान्य अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ३.५१ अंकले घटेर १ हजार ९४९.८५ अंकमा कायम भएको हो।
बुधबार २३८ वटा कम्पनीको कूल २३ लाख ५५ हजार ८४५ कित्ता सेयर खरिद–बिक्री हुँदा कारोबार रकम भने ८४ करोड २६ लाख ९५ हजार ३०० मा खुम्चिएको नेप्सेले जनाएको छ। बुधबार ६४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२४ वटा कम्पनीको भने घटेको छ।
लघुवित्त र व्यापार समूहको उपसूचक क्रमशः ०.२७ र १६.४२ अंकले बढ्दा अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा बढी विकास बैंक समूहको उपसूचक १८.८५ अंकले घटेको छ।
त्यस्तै, उत्पादन समूहको उपसूचक १८.३७, वित्त समूहको उपसूचक १७.८४, जीवन बीमा समूहको उपसूचक १७.५४, अन्य समूहको उपसूचक ९.७६ र निर्जीवन बीमा समूहको उपसूचक ७.५० अंकले घटेको छ।
बैंकिङ समूहको उपसूचक ०.३१, होटल तथा पर्यटन समूहको उपसूचक १.३८, जलविद्युत् समूहको उपसूचक २.२९, लगानी समूहको उपसूचक ०.२३ र म्युचुअल फन्डको उपसूचक ०.१२ अंकले घटेको छ।
बुधबारको कारोबारमा ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ४.१७ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा लक्ष्मी इक्विटी फन्डका लगानीकर्ताले प्रतिकित्ता ५.७६ प्रतिशतका दरले गुमाएका छन्।
आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको चार करोड ७९ लाख ३४ हजार ४२३ बराबरको कारोबार भएको छ। कारोबार संख्याका आधारमा भने नबिल बैंक लिमिटेडको सेयर ४९६ पटक कारोबार भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
