नेपालमा बर्सेनि धान आयात भइरहेको अवस्थामा आफूहरूले उत्पादन गरेको धानले भने बजार नै नपाएर कुहिएर जाने अवस्था आउनु विडम्बना रहेको किसानको गुनासो छ।
बनियानी– चैते धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका किसान चिन्तित बनेका छन्। प्रतिमन १ हजार ५० देखि १ हजार २०० सम्ममा बिक्री भइरहेको धान केही दिनयता बिक्री ठप्प भएको कचनकवल–२ का किसान दुर्गाप्रसाद थापाले बताए।
“दुई दिनदेखि बिक्री ठप्प छ। खेतमा धान पाकेर अलपत्र छ,” उनले भने। धान स्थान सुपरजोन समन्वय समितिका सदस्यसमेत रहेका उनले धान उत्दापन भने यस वर्ष बढेको बताए।
कचनकवल–३ का अर्का किसान तोयानाथ मिश्रले यो वर्ष तीन बिघामा चैते धानखेती गरेका छन्। २५० मन धान उत्पादन हुने उनको अनुमान छ। तर उनलाई पनि नबिक्ला कि भन्ने चिन्ता छ। “शुरूमा प्रतिमन १ हजार २०० रुपैयाँले बिक्री भयो, सबैतिर धान पाक्न थालेकाले अहिले ९०० मा झरेको छ,” उनले भने, “मैले पनि एक बिघाको धान काटेर थुपारेको छु। मिलले किन्न मानेन।”
एक साताभित्र धानको मूल्य प्रतिमन ३०० रुपैयाँले घटेको उनको भनाइ छ। चैते धानमा चिस्यान बढी हुने भएकाले भण्डार गरेर राख्ने अवस्था नरहेको किसान बताउँछन्। मूल्य कम पाए पनि बेच्नैपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ। विगत एक दशकदेखि धान सुपरजोन घोषणा भएपछि कचनकवल क्षेत्रमा धान उत्पादन वृद्धि भएको छ।
“किसानले धान उत्पादन गरे पनि उचित मूल्य नपाउँदा कि त धान कुहिएर जाने अवस्था छ, कि त जतिमा भन्यो त्यतिमा बेच्नुपर्ने बाध्यता छ,” किसान मिश्रले गुनासो गरे, “नबेच्दा पनि उपाय छैन, अहिले किसानलाई निकै घाटा हुने अवस्था छ।”
नेपालमा बर्सेनि धान आयात भइरहेको अवस्थामा उत्पादन गरेको धानले मूल्य नपाउनु र कुहिएर जाने अवस्था आउनु विडम्बना रहेको उनले बताए। गत चैत १५ गतेको मन्त्रिपरिषद्को बैठकले २०८०/८१ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ७०७ रुपैयाँ २८ पैसा तोकेका थियो।
त्यस्तै, १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १ हजार २०० ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने निर्णय गरेको थियो।
तर, अहिले सरकारले तोकेभन्दा पनि काम मूल्यमा किसान धान बेच्न बाध्य हुनुका साथै बिक्रीसमेत नहुँदा चिन्तित बनेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
