ढुंगेधाराको पुनरुत्थानअन्तर्गत यहाँ पानीको मुहान खोज्ने, निकास खोज्ने र भौतिक संरचना पुनःनिर्माण गरिने वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठले जानकारी दिए।
काठमाडौँ– काठमाडौँ महानगरले नन्दीकेशर बगैँचा परिसरमा रहेको नक्साल ढुंगेधारा (गाःहिटी) पुनरुत्थान शुरू गरेको छ।
पुनरुत्थानअन्तर्गत यहाँ पानीको मुहान खोज्ने, निकास खोज्ने र भौतिक संरचना पुनःनिर्माण गरिने वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठले जानकारी दिए। पुनरुत्थानका लागि समस्या पहिचानको काम गत असोबाटै थालिएको थियो।
“पुनरुत्थान भनेर संरचना बनाएर मात्र हुने थिएन। यसका समस्या पत्ता लगाउनु थियो। स्थानीयले दिएको सूचनाका आधारमा निकास खोज्दा तीन घरले थुनेको भेटिएपछि हरेकलाई २ लाख रुपैयाँका दरले जरिबाना तिराएर प्राप्त रकमबाट निकास खोलिसकिएको छ,” नगरप्रमुख बालेन शाहका सचिवालय सदस्य विनय शाक्यले भने, “पानीको निकास सम्बन्धी समस्या समाधान भइसकेको छ।” अब मुहान खोज्ने र भौतिक पूर्वाधार पुनरुत्थानको काम गर्ने योजना रहेको शाक्यले बताए।

धाराको निकास रोकिएको विषय पुरातत्व विभागले २०३९ सालमा अभिलेखन गर्दाको दस्तावेज ‘काठमाडौँ उपत्यकाका सांस्कृतिक सम्पदाहरूको विवरण’ मा उल्लेख गरिएको छ। उक्त विवरणले ४० बर्षअघिदेखि पानीको निकास बन्द भएको देखाएको वडासचिव सर्वज्ञराज पौडेल बताए। विभागमा रहेको विवरणका आधारमा जलसम्पदासँग धार्मिक, सामाजिक र सांस्कृतिक प्राचीन सम्बन्ध अझ केलाउनु पर्ने देखिएको उनको भनाइ छ।
उक्त ढुंगेधारा ६७८ सालमा स्थापना भएको पाइएको यसको पुनरुत्थानका लागि सहयोग गर्दै आएका स्थानीय मनोज ताम्राकारले बताए। ‘धनबज्र बज्राचार्यले ढुंगेधाराको इतिहासबारे उल्लेख गर्दै विसं ६७८ मा स्थापना भएको बताउनुभएको छ,” उनले भने, “पानीको निकास बन्द भएपछि २०५८ सालतिर निकास खोज्ने प्रयास भयो। मंगाल खोज्ने क्रममा एक जना व्यक्तिको मंगालभित्रै मृत्यु भएपछि त्यसपछि कुनै प्रयास गरिएको थिएन।”
यस पटक सफाइ गर्ने क्रममा पहिले जेट मेसिनको प्रयोग भएको थियो। यसबाट यसबाट सम्भव नभएपछि मानवीय स्रोतको प्रयोग गरेर निकास खोलिएको सचिवालय सदस्य शाक्यले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
