मगर समुदायको बाहुल्यता रहेको दिजगाउँमा काठबाट बनेका घर मात्रै छन्। परम्परादेखि नै काठका घरमा बस्दै आएका स्थानीय अहिले पनि मौलिकताको संरक्षण गर्दै आएका छन्।
ढोरपाटन– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्ने दिजगाउँले ग्रामीण जनजीवनलाई जीवित राखेको छ। ढोरपाटन नगरपालिका–९ मा पर्ने यो गाउँको मौलिकताले पर्यटकलाई पर्खिरहेको छ। दिजगाउँ प्रकृति र मौलिकतासँग रमाउन चाहनेका लागि उपयुक्त गन्तव्य रहेको स्थानीय मनकुमारी घर्तीमगरले बताइन्।
ढोरपाटन उपत्यका हुँदै निसेलढोर जाने सडक पारिपट्टि रहेको यस गाउँका स्थानीयको आफ्नै परम्परा, कला, संस्कृति र रीतिरिवाज छन्। मगर समुदायको बाहुल्यता रहेको दिजगाउँमा काठबाट बनेका घर मात्रै छन्। परम्परादेखि नै काठका घरमा बस्दै आएका स्थानीय अहिले पनि मौलिकताको संरक्षण गर्दै आएका छन्। गाउँमा स्वास्थ्य, शिक्षा, खानेपानी र विद्युत्को पहुँच पुगेको छैन। स्थानीय खेतीपाती र पशुपालन गरी जीविकोपार्जन गर्दै आएका छन्।
गाउँमा बेलाबखत आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्छन्। अझ बढी त बर्खाको समय पदयात्रा गर्दै युवायुवती यहाँ जाने गरेका छन्। भौगोलिक विकटताका र प्रचारप्रसारको कमीले ओझेलमा रहेको यस गाउँमा पछिल्लो केही वर्षयता भने धेरैको नजर पुग्न थालेको छ। निसीखोलाबाट निसेलढोर जाने मुख्य बाटोमै दिजगाउँ पर्ने हुँदा पर्यटकले यस गाउँको सुन्दरताको स्वादन गर्नेछन्। गाउँमा पर्यटक आएर बास बस्न खोजे पनि विद्युत् नहुँदा नबसी जाने गरेको घर्तीमगरले बताइन्।
गाउँमा रहेको काठका घर हेर्न विदेशी पर्यटक पनि पुग्ने गरेका छन्। धेरैजसो ढोरपाटन र निसीखोलाबाट पैदल यात्रामार्फत निसेलढोर पुग्ने मानिस दिजगाउँमा आउने गरेका छन्। गाउँमा खानेपानी र बिजुली नहुँदा आफूहरूले समस्या भोग्नुपरेको स्थानीयको भनाइ छ। विद्युत् ल्याउन पोल गाडे पनि लाइन तान्ने कार्य भएको छैन।
यस क्षेत्रमा हिउँदको बेला बढी चिसो हुने हुँदा बर्खाको समय बढी मान्छे घुम्न आउँछन्। गाउँभन्दा पारिपट्टि निसेलढोर जोड्ने सडक सञ्चालनमा रहेको हुँदा युवायुवती मोटरसाइकलमा समेत पुग्छन्। यतिबेला बुटवल, चितवन र गुल्मीबाट धेरै युवा घुम्न आउने गरेका छन्। दिजगाउँले आफूहरूलाई मोहित पारेको गुल्मीका विनोद भण्डारीले सुनाए। ६ जनाको समूहमा दिजगाउँ पुगेका उनको ढोरपाटनसहितका क्षेत्र घुम्ने योजना छ।
ढोरपाटन–९ का अध्यक्ष खीमबहादुर घर्तीमगरले यस गाउँको मौलिकता संरक्षण गर्ने बताए। पर्यटकलाई लक्षित गरी दिजगाउँमा घरबास सञ्चालन गर्ने योजना रहेको र यसका लागि प्रदेश र केन्द्र सरकारले पनि सघाउनुपर्ने अध्यक्ष घर्तीमगर बताउँछन्।
“अब छिट्टै लाइन तानेर विद्युत् सञ्चालन गर्नेछौँ, खानेपानीका लागि पनि काम भइरहेको छ,” उनले भने, “सिकार आरक्ष रहेका कारण सडक पुर्याउन सकिएको छैन। हाम्रो ध्यान यहाँको मौलकता जोगाउने र घरबास सञ्चालन गर्नेतर्फ छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
