उत्तरी ओसेटियाको ककेशस क्षेत्रमा प्रशिक्षण उडानको क्रममा सुखोई–३४ सैन्य जेट दुर्घटना भएको छ।
उत्तरी ओसेटियाको ककेशस क्षेत्रमा प्रशिक्षण उडानको क्रममा एक रुसी सैन्य जेट दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको छ।
सुखोई–३४ जेट पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएकाले जमिनमा कुनै क्षति नभएको रुसको रक्षा मन्त्रालयले जनाएको छ।
प्रारम्भिक अनुसन्धानबाट प्राविधिक समस्याका कारण दुर्घटना भएको आकलन गरिएको समाचार संस्था एएफपीले जनाएको छ। दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान शुरू गरिएको छ।
पूर्व सोभियत जर्जियाको सिमानामा रहेको उत्तर ओसेटिया युक्रेनको फ्रन्ट लाइनबाट करिब ८०० किलोमिटर टाढा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
