वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३०० जनाभन्दा बढी व्यक्तिको १५ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
काठमाडौँ– वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३०० जनाभन्दा बढीलाई ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
विभिन्न प्रलोभनमा पारेर वैदेशिक रोजगारीका लागि कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्स पठाइदिने भन्दै ठगी गरेको आरोपमा चितवनका राजकुमार भट्ट, कास्कीका नवीन विक र पवन पन्तलाई पक्राउ गरी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार सार्वजनिक गरेको हो।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, एसएसपी सानुराम भट्टराईका अनुसार गिरोहले सामाजिक सञ्जालको दुरुपयोग गर्दै फेक आईडी बनाएर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३०० जनाभन्दा बढी मानिसको १५ करोड रुपैयाँ ठगी गरेका हुन्।
फेक आईडीबाट सम्पर्कमा आएका नागरिकका लागि किर्ते कागजात बनाइ पाँचदेखि १० लाखसम्म ठगी गर्दै लुक्ने गरेको अनुसन्धानबाट खुलेको एसएसपी भट्टराईले जानकारी दिए। गिरोहले अमेरिका लगिदिने भन्दै विभिन्न देश पुर्याएर अलपत्र पारेको समेत अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
उनीहरूको साथबाट प्रहरीले विभिन्न व्यक्तिहरूका पाँच थान राहदानी, दुई थान मोबाइल सेट, टेलिकमका दुई थान सिमकार्ड, एनसेलको सिम एक थान, राहदानीका सात थान प्रतिलिपि बरामद गरिएको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
