पूर्वी नवलपरासीमा प्रत्यक्ष र समानुपातिक गरेर ३० हजार ९२५ मत बदर भएका छ। धेरैजसो बदर भएका मत एउटै मतपत्रमा रहेका दुई वा दुईभन्दा बढी चुनाव चिह्नमा स्वस्तिक छाप लगाएको भेट्टिएको छ।
कावासोती– मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पूर्वी नवलपरासीमा प्रत्यक्ष र समानुपातिक गरेर ३० हजार ९२५ मत बदर भएका छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा प्रत्यक्ष र समानुपातिक गरी सो संख्यामा मत बदर भएको हो। जिल्लाको क्षेत्र नं १ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ८६ हजार ६७० मत खसेकामा चार हजार १०३ मत बदर भएको छ।
प्रदेशसभा तर्फ क्षेत्र नं १ (१) मा कूल खसेको मत ४१ हजार ४०१ मध्ये एक हजार ७४४ मत बदर हुँदा प्रदेश सभाको क्षेत्र नं १(२) मा एक हजार ७७७ मत बदर भएको हो। यो प्रदेशसभा निर्वाचन क्षेत्रमा ४५ हजार १२९ मत खसेको थियो।
त्यसैगरी, क्षेत्र नं २ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ८५ हजार ८८ मत खसेकामा तीन हजार ४६२ मत बदर भएको छ। प्रदेशसभातर्फ क्षेत्र नं २(१)मा कूल खसेको मत ४२ हजार ५९० मध्ये एक हजार ३३६ मत बदर हुँदा प्रदेश सभाको क्षेत्र नं १(२) मा एक हजार २१४ मत बदर भएको छ।
यो प्रदेशसभा निर्वाचन क्षेत्रमा ४२ हजार ४९६ मत खसेको थियो। समानुपातिकतर्फ प्रतिनिधिसभा क्षेत्र नं १ मा ८७ हजार ४९१ मत खसेकामा तीन हजार ७८५ मत बदर भएको छ भने क्षेत्र नं २ मा ८३ हजार ६८६ मत खसेकामा तीन हजार ४२१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद भुसालले जानकारी दिए।
त्यसैगरी, प्रदेशसभा तर्फ क्षेत्र नं १(१)मा कूल खसेको मत ४१ हजार २३१ मा तीन हजार १६४ मत बदर भएका छन् भने क्षेत्र नं १(२)मा कूल खसेको मत ४५ हजार १०४ मा तीन हजार २१९ मत बदर भएका भुसालले बताए। प्रदेशसभाको क्षेत्र नं २(१)मा कूल खसेको मत ४२ हजार ३९७ मा एक हजार ९७८ मत र क्षेत्र नं २(२)मा कूल खसेको मत ४२ हजार ६२८ मा एक हजार ७२२ मत बदर भएको प्रमुख भुसालले जानकारी दिएका हुन्।
धेरैजसो बदर भएका मत एउटै मतपत्रमा रहेका दुई वा दुईभन्दा बढी चुनाव चिह्नमा स्वस्तिक छाप लगाएको भेट्टिएको प्रमुख भुसालले बताए। उनले भने, “केही मतपत्रमा औँठाको छाप लगाएको भेट्टिएर बदर भएका छन् भने अधिकांशमा दुई वा दुईभन्दा बढी चिह्नमा छाप लगाएको पाइयो।”
यहाँका सबै वडामा स्वयंसेविका परिचालन गरेर १५ दिन समुदायस्तमै पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो । पूर्वी नवलपरासीमा दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेका थिए ।
कास्कीमा ५ प्रतिशत मत बदर
कास्कीमा यस पटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा करिब ५ प्रतिशत मत बदर भएको छ।
तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा कूल दुई लाख ९१ हजार ५६८ मतदाता रहेकामा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ एक लाख ७८ हजार ८०६ मत खसेको थियो। त्यसमध्ये सदर मत एक लाख ७० हजार ३४४ र बदर मत आठ हजार ४६४ रहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए।
त्यस्तै, प्रतिनिधिसभाको समानुपातिकतर्फ तीनवटै निर्वाचन क्षेत्रमा गरी छ हजार ७३८ मत बदर भएको छ। जिल्लाको प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ ६ हजार २० मत बदर भएको छ भने समानुपातिकतर्फ १० हजार ३८५ मत बदर भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
