मंगलबार एक करोड २६ लाख ६५ हजार ३२९ कित्ता शेयर ७४ हजार ८७७ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ५५ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
काठमाडौँ– जलविद्युत् कम्पनीको शेयर कारोबार चम्किँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.१५ अंकले बढेको छ। मंगलबार नेप्से परिसूचक १.५९ प्रतिशतले बढेर २११५.२४ को बिन्दुमा कायम भएको हो।
मंगलबार ३११ कम्पनीको एक करोड २६ लाख ६५ हजार ३२९ कित्ता शेयर ७४ हजार ८७७ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ५५ करोड ५३ लाख ६१ हजार ७३९ रुपैयाँ बराबरको कारोबार भएको छ। जलविद्युत् कम्पनीहरूको मात्र मंगलबार दुई अर्ब २८ करोड सात लाख ९० हजार ८४५ बराबरको ५९ लाख ७९ हजार ४४३ कित्ता शेयर किनबेच भएको छ।
मंगलबारको कारोबारमा जलविद्युत् समूहको उपसूचक २.५८, व्यापार २.१२, निर्जीवन बीमा २.१९, जीवन बीमा २.४० र वित्त समूह २.१६ प्रतिशतले बढेको छ। बैंकिङ समूह १.७३, विकास बैंक १.४२, होटल तथा पर्यटन ०.५९, लगानी १.०९ र उत्पादन तथा प्रशोधन ०.४० प्रतिशतले बढेको छ।
त्यस्तै, म्युचुअल फन्ड ०.५० र अन्य समूहको उपसूचक ०.५३ प्रतिशतले बढेको छ।
वरुण हाइड्रोपावर कम्पनी लिमिटेड, ग्रिन भेन्चर लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
सबैभन्दा धेरै गुमाउनेमा भने सामलिंग पावर कम्पनी लिमिटेडको शेयर मूल्य ५.८१ र कुमारी इक्विटी फन्डको शेयर मूल्य ४.९४ प्रतिशतले घटेको छ।
कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा मंगलबार सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ३६ करोड ३० लाख ९२ हजार ९१० बराबरको पाँच लाख २५ हजार १८५ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
