‘कोडेक्स लेस्टर’ नाम गरेको यस किताबलाई भिन्चीको सबैभन्दा प्रसिद्ध 'साइन्टेफिक जर्नल' मानिन्छ।
कुनै किताबको मूल्य अर्बाैं रुपैयाँ पर्छ भन्दा पत्याउनुहुन्छ? तर यो यथार्थ हो।
प्रसिद्ध चित्रकार लियोनार्दोदा भिन्चीको हस्तलिखित पुस्तक ‘कोडेक्स लेस्टर’ करोडाैँ रुपैयाँमा किनबेच हुँदै आएको छ। १५औँ शताब्दीमा लेखिएको यस किताबलाई भिन्चीको सबैभन्दा प्रसिद्ध 'साइन्टेफिक जर्नल' मानिन्छ। यो किताब इटालियन भाषामा लेखिएको छ, जसमा ७२ पेज र १८ सिट्स छन्।
पहिलोपटक यस किताबलाई सन् १७१७ मा थोमस कुकले किनेका थिए। पछि १९८० मा अर्मान्ड ह्यामरले खरिद गरे र उनले त्यस पुस्तकको नामै ‘कोडेक्स ह्यामर’ राखे। १४ वर्षसम्म उनीसँग रहेको पुस्तकलाई १९९४ मा बिल गेट्सले लिलामीमा किने। त्यतिबेला उनले उक्त किताबको लागि ३.०८ करोड अमेरिकी डलर खर्चेका थिए। आजको अवस्थामा त्यसको नेपाली मूल्य ४०० करोड अर्थात ४ अर्ब रुपैयाँ भन्दा बढी हुन आउँछ।
छालाको गातामा बाँधिएको हस्तलिखित पुस्तकमा कला र विज्ञानबीचको सम्बन्ध देखाउने प्रयास गरिएको छ। विभिन्न चित्रहरूको प्रयोगले पुस्तकलाई थप आकर्षक बनाएको छ। भिन्चीले यस पुस्तकमा जीवाश्म, नदीको जल प्रवाह तथा चन्द्रमाको चमक आदि विषयमा विश्लेषणात्मक रूपमा लेखेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
