विमान दुर्घटनामा मलावीका उपराष्ट्रपति साउलोस चिलिमासहित नौ जनाको मृत्यु भएको छ।
मलावीको हिमाली क्षेत्र चिकांगावा हिमालय श्रृंखलामा भएको विमान दुर्घटनामा उपराष्ट्रपति साउलोस चिलिमा, उनकी श्रीमतीसहित नौ जनाको मृत्यु भएको छ।
राष्ट्रपति तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी विज्ञप्तिमा मलावीका राष्ट्रपति लाजरस चकवेराले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेका छन्।
सोमबार बिहान मलावीको राजधानी लिलोंवेबाट उडेको सैन्य विमानमा सवार सबैको दुर्घटनामा परेर मृत्यु भएको हो। चिलिमा र विमानमा सवार अन्य अधिकारी मलावीका पूर्वमहान्यायाधिवक्ताको अन्त्येष्टिमा सहभागी हुन जाँदै थिए।
विमानलाई विमानस्थलबाट दिइएको संकेतबारे एयर ट्राफिक अधिकारीले भने, “विमान लिलोंवेबाट करिब २०० माइल उत्तरमा रहेको एमजुजु विमानस्थलमा कमजोर भिजिविलिटीका कारण अवतरण गर्न नसकेपछि चालकलाई राजधानी जान सल्लाह दिइएको थियो।”
स्थानीय समयअनुसार सोमबार राति टेलिभिजनमा सम्बोधन गर्दै चावेराले चिलिमाको विमान फेला नपरेसम्म खोजी तथा उद्धार कार्य जारी रहने बताएका थिए। पाँच वसन्त पार गरिसकेका चिलिमालाई मलावीमा सन् २०२५ मा हुने राष्ट्रपतिको निर्वाचनको सम्भावित दाबेदारका रूपमा हेरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
