वैवाहिक बलात्कार मुद्दामा गिरीलाई ७ वर्ष कैद

काठमाडौँ जिल्ला अदालतले निलम्बित न्यायाधीश भुवन गिरीलाई वैवाहिक बलात्कार मुद्दामा सात वर्ष कैदको फैसला सुनाएको छ।

काठमाडौँ– काठमाडौँ जिल्ला अदालतले निलम्बित न्यायाधीश भुवन गिरीलाई वैवाहिक बलात्कार मुद्दामा सात वर्ष कैदको फैसला सुनाएको छ।

न्यायाधीश दुर्गा भुसालको इजलासले मंगलबार पूर्वजिल्ला न्यायाधीश गिरीलाई जबरजस्ती करणीमा मुद्दामा सात वर्ष कैद र तीन लाख क्षतिपूर्ति रुपैयाँ भराउने फैसला सुनाएको हो। 
     
यसअघि सोही अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले यही जेठ १३ गते पूर्वन्यायाधीश गिरीलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेको थियो। मंगलबार अदालतले सजाय र क्षतिपूर्ति निर्धारण गरेको हो।

कपिलवस्तु जिल्ला अदालतमा कार्यरत हुँदा उनीविरुद्ध प्रहरीमा जाहेरी परेपछि निलम्बन गरी उनलाई थुनामा राखिएको थियो।