वर्षाले खाँदबारी–नुम सडकमा क्षति

वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। पहिरो पन्छाएर सडक सुचारु गर्ने प्रयास भइरहेको सडक कार्यालयले जनाएको छ।

खाँदबारी– कोशी राजमार्गअन्तर्गत संखुवासभाको खाँदबारी–नुम खण्डको ठूलोढुंगा अरुणथान चार किलोमिटर  क्षेत्रमा  वर्षाले क्षति भएको छ।

यो खण्डमा कालोपत्रका लागि गरिएको ‘सवबेस’, ग्याविन पर्खाल र नाली बगाएको उत्तर–दक्षिण कोशी सडक आयोजनाका प्रमुख सविन कोइरालाले बताए। खाँदबारी–किमाथांका खण्डको ठूलोढुंगा–पाङ्‌मा अरुणथानमा सबैभन्दा बढी क्षति भएको छ।

वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। आयोजना प्रमुख कोइरालाले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बताए। कलोपत्र गर्न तयार गरिएको सडक बगाउँदा करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको उनले जानकारी दिए।