लुम्बिनी प्रदेशसभाका प्रत्यक्ष निर्वाचित हुने ५२ सदस्यमा एक जना मात्र महिला निर्वाचित भएका छन्। प्रतिनिधिसभाका २६ क्षेत्रमा पनि एक जना मात्र महिला निर्वाचित भए।
दाङ– लुम्बिनी प्रदेशसभामा प्रत्यक्षतर्फ निर्वाचित हुने ५२ सदस्यमध्ये एक जना मात्र महिला सदस्य निर्वाचित भएकी छन्। बाँकी ५१ जना प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यहरू पुरुष छन्।
निर्वाचित एक मात्र महिला नेकपा माओवादी केन्द्रकी कृष्णा केसी ‘नमुना’ हुन्। उनी बाँके क्षेत्र नम्बर १ (१) बाट निर्वाचित भएकी हुन्।
२०७४ मा पनि सोही क्षेत्रबाट निर्वाचित केसीले यसपटक नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरीलाई पराजित गरेकी हुन्। उनी सत्ता गठबन्धनको साझा उम्मेदवार थिइन्। केसी ९ हजार १०३ मतसहित विजयी हुँदा चौधरीले ७ हजार ९६६ मत पाए।
प्रत्यक्षमा एक जना मात्र महिला निर्वाचित भएपछि लुम्बिनी प्रदेशसभामा अब महिलाको ३३ प्रतिशत हिस्सा समानुपातिक सूचीबाट पूर्ति गर्नुपर्ने भएको छ। प्रदेशसभामा ३५ सदस्य समानुपातिकतर्फबाट निर्वाचित हुन्छन्। तीमध्ये २८ जना महिलालाई ल्याउनुपर्नेछ।
त्यस्तै, प्रतिनिधिसभाका २६ निर्वाचन क्षेत्रबाट जम्मा एक जना मात्र महिला निर्वाचित भएका छन्। दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित माओवादी केन्द्रकी रेखा शर्मा प्रदेशभरबाट निर्वाचित हुने एक मात्र महिला हुन्। शर्माले एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेकी थिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
