बुधबार शेयर बजार परिसूचक ६.३७ अंकले बढेर २१२१.६२ विन्दुमा रहँदा कारोबार रकमले पनि अघिल्लो दिनलाई उछिनेको छ।
काठमाडौँ– शेयर बजारमा बढोत्तरीको क्रमले बुधबार पनि निरन्तरता भएको छ। शेयर बजार परिसूचकमा ६.३७ अंकले बढ्दै २१२१.६२ विन्दुमा रहँदा कारोबार रकमले अघिल्लो दिनलाई उछिनेको छ।
१ करोड २९ लाख ५० हजार ४०७ कित्ता शेयर ५ अर्ब ८९ करोड ४० लाख रुपैयाँमा किनबेच भएको छ। यसअघि मंगलबार सूचक ३३.१५ अंकले बढ्दै २११५.२४ विन्दुमा पुग्दा १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता शेयर ५ अर्ब ५५ करोड ५३ लाख रुपैयाँमा किनबेच भएको थियो।
बुधबार १३ मध्ये होटल तथा पर्यटन, जलविद्युत, निर्जीवन बीमा र व्यापारबाहेक सबै उपसमूह बढेका छन्। फाइनान्स समूह सर्वाधिक १.०७ प्रतिशतले बढेको छ। ११९ कम्पनीको शेयरमूल्य बढ्दा समृद्धि फाइनान्स र मिड सोलु हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ। सहारा लघुवित्त र ग्रिनलाइफ हाइड्रोपावरको शेयरमा पनि सर्किटस्तरको बढोत्तरी छ।
सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा एनआरएन इन्फ्रास्ट्रक्चर साताको चौथो दिन पनि पहिलो नम्बरमा छ। उक्त कम्पनीको शेयर २७ करोड ६३ लाख रुपैयाँको किनबेच भएको छ। यस्तै सीईडीबी हाइड्रोपावरको २४ करोड ४८ लाख, ग्रीनलाइफ हाइड्रोपावरको १९ करोड ९५ लाख, माउन्टेन इनर्जीको १४ करोड ३० लाख र सोनापुर मिनरल्सको १४ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
११५ कम्पनीको शेयरमूल्य घट्दा सयपत्री हाइड्रोपावरका लगानीकर्ता ४.४८ प्रतिशत नोक्सानीमा छन्। १३ कम्पनीको शेयरमूल्य स्थिर रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
