सन् १९६६ मा अन्तर्राष्ट्रिय श्रम सगंठनमा आबद्ध भएयता नेपालले दोस्रो पटक सञ्चालक समितिमा निर्वाचित भएको हो।
काठमाडाैँ– अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को ‘गभर्निङ बडी’ मा नेपाल निर्वाचित भएको छ। तीन वर्षे कार्यकालका लागि नेपाल उपसदस्यमा निर्वाचित भएको हो। उपसदस्यको रूपमा नेपालको कार्यकाल २०२७ सम्म रहनेछ। जसमा सरकार, रोजगारदाता र ट्रेड युनियनको प्रतिनिधत्व रहनेछ।
जेनेभामा जारी आईएलओको ११२औँ अन्तर्राष्ट्रिय सम्मेलनमा गत शुक्रबार मतदान भएको थियो। मतदानमा एशिया–प्यासिफिक क्षेत्रबाट नेपाल निर्वाचित भएको हो। १८७ मुलुकले सहभागिता जनाएको मतदानमा नेपालले १८५ मत प्राप्त गरेको थियो।
आगामी १५ जुनमा ‘गभर्निङ बडी’ को बैठकको ३५१औँ सत्रबाट नेपालले जिम्मेवारी पाउने छ। उपसदस्यको हैसियतमा नेपालले श्रम स्तरलाई अगाडि बढाउन, मर्यादित कामको प्रवर्द्धन गर्न र आईएलओमा लोकतान्त्रिक र समावेशी निर्णय प्रक्रियामा त्रिपक्षीय सहयोग अभिवृद्धि गर्न योगदान गर्ने अवसर पाउनेछ।
यस सम्मेलनमा सहभागी हुन नेपालबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालसहितको टोली जेनेभा पुगेको थियो। मंगलबार सम्मेलनको पूर्ण बैठकलाई सम्बोधन गर्दै मन्त्री अर्यालले अनौपचारिक इकाई र श्रमलाई औपचारिक बनाउनेतर्फ नेपाल सरकार केन्द्रित रहेको बताए।
नेपालले आजको श्रम बजारमा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न विशेष गरी आप्रवासी श्रमिकका लागि नैतिक भर्ना, मर्यादित कामका सिद्धान्तहरू, कार्यस्थल सुरक्षा र स्वास्थ्य, न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षालगायतका चुनौतीहरूलाई सम्बोधन गर्न त्रिपक्षीय निकायसँग आवाज थप्न र सहकार्य गर्न सक्षम हुनेछ।
‘गभर्निङ बडी’ अन्तर्राष्ट्रिय श्रम संगठनको कार्यकारी शाखा हो, जसले संगठनको नीति र योजनाहरू निर्धारण गर्न, अन्तर्राष्ट्रिय श्रम सम्मेलनको लागि अजेन्डा तय गर्न, प्रस्तावित कार्यक्रमहरू र सम्मेलनमा बजेट पेश गर्नमा महत्त्वपूर्ण भूमिका खेल्छ। यसमा त्रिपक्षीय संरचनामा ५६ सरकार, ३३ रोजगारदाता सदस्य र ३३ कार्यकर्ता सदस्य छन्। नेपालले २१ फेुब्रअरी २०२४ मा एशिया प्यासिफिक ग्रुपमा आईएलओ ‘गभर्निङ बडी’ को उपसदस्यको लागि उम्मेदवारी घोषणा गरेको थियो।
एशिया प्यासिफिक क्षेत्रबाट ‘गभर्निङ बडी’ को सहायक सदस्यको रूपमा मलेसिया, फिलिपिन्स र कतार रहेका छन्। सन् १९६६ मा अन्तर्राष्ट्रिय श्रम सगंठनमा आबद्ध भएयता नेपाल दोस्रो पटक सञ्चालक समितिमा निर्वाचित भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
