अल बेट स्टेडियममा हुने खेलमा फ्रान्सकी स्टेफिन फ्रापपार्ट मुख्य रेफ्रीको भूमिकामा हुने छिन्। उनलाई ब्राजिलकी सहायक रेफ्री नेउजा ब्याक र मेक्सिकोकी करेन डियाज मेडिनाले सहयोग गर्ने छन्।
काठमाडौँ– कतार विश्वकप २०२२ अन्तर्गत बिहीबार कोस्टारिका र जर्मनी मैदान उत्रिँदै छन्। समूह ‘ई’ अन्तर्गतको तेस्रो तथा अन्तिम खेलमा यी दुई राष्ट्र भिड्दा तीनै जना रेफ्री महिला हुने छन्।
फुटबलको सर्वोच्च निकाय फिफाका अनुसार उनीहरू पुरुष विश्वकपमा जिम्मेवारी सम्हाल्ने पहिलो महिला रेफ्री हुने छन्। अल बेट स्टेडियममा हुने खेलमा फ्रान्सकी स्टेफिन फ्रापपार्ट मुख्य रेफ्रीको भूमिकामा हुने छिन्। उनलाई ब्राजिलकी सहायक रेफ्री नेउजा ब्याक र मेक्सिकोकी करेन डियाज मेडिनाले सहयोग गर्ने छन्।
३८ वर्षीया फ्रापपार्टले पुरुष टोलीलाई खेलाएको पहिलो पटक भने होइन। फ्रापपार्ट फ्रेन्च लिग-१ र युईफए च्याम्पियन्स लिग खेलाउने पहिलो महिला रेफ्रीसमेत हुन्। जारी विश्वकपअन्तर्गत मेक्सिको र पोल्यान्डबीचको समूह ‘सी’को खेलमा पनि उनले चौथो अफिसियलका रूपमा काम गरेकी थिइन्। उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो।
‘‘पुरुष विश्वकप विश्वको सबैभन्दा महत्त्वपूर्ण खेलकुद प्रतियोगिता हो। म फ्रान्स र युरोपमा पहिलो रेफ्री थिएँ, त्यसैले मलाई यो कसरी सामना गर्ने भन्ने थाहा छ’’, उनले कोस्टारिका र जर्मनीबीचको खेलबारे भनिन्।
विश्वकपअघि फिफा रेफ्री समितिका अध्यक्ष पियर्लुइगी कोलिनले विश्वकपमा तीन रेफ्री महिला हुने बताएका थिए। यद्यपि, आफूहरूले महिला भएकै कारण उनीहरू रेफ्री नबनाएको उनको जिकिर छ। ‘‘महिला भएकाले उनीहरूलाई फिफा रेफ्रीका रूपमा छनोट गरिएको होइन। उनीहरूले कुनै पनि खेल खेलाउन सक्छन् भनेर छनोट गरिएको हो’’, उनले भने।
अन्य दुई रेफ्रीमा रुवान्डाकी सलिमा मुकनसांगा र जापानकी यामाशिता योशिमी हुन्। कतार विश्वकपका लागि कुल तीन महिलासहित ३६ रेफ्री छनोट भएका थिए। यसबाहेक ६९ सहायक रेफ्री पनि छनोट भएका छन्, जसमा ब्राजिलकी ब्याक, मेक्सिकोकी करेन र अमेरिकी क्याथरिन नेस्बिता हुन्।
सन् २०२० मा ३८ वर्षीया फ्रापपार्ट पुरुष च्याम्पियन्स लिगमा पहिलो महिला रेफ्री पनि बनिन्। यो खेल युभेन्ट्स र डायनामो किभबीच भएको थियो। उनले लिग-१, युरोपा लिग, पुरुष विश्वकप छनोट पनि 'ह्यान्डल' गरेकी छिन्।
फ्रापपार्टले यसअघि विश्वकप छनोट र च्याम्पियन्स लिगमा पुरुष खेलको रेफ्री गरिसकेका छन्। उनले सन् २०१९ मा आयोजना भएको महिला विश्वकप फाइनलमा पनि रेफ्रीको भूमिका निर्वाह गरेकी थिइन्। यस वर्षको पुरुष फ्रेन्च कप फाइनलमा पनि फ्रापपार्ट रेफ्री थिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
