स्पेनिस टापुबाट लगभग एक हजार ५०० किलोमिटर टाढा रहेको गाम्बिया र सेनेगल जस्ता दक्षिणतिरका देशबाट आप्रवासीको संख्या बढ्दै गएको पाइएको छ।
यस वर्षको पहिलो पाँच महिनामा समुन्द्रबाट स्पेन पुग्ने क्रममा पाँच हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको पाइएको छ। यो संख्या प्रतिदिन ३३ जनाको मृत्यु बराबर रहेको स्पेनी परोपकारी कामिनान्डो फ्रन्टेरासले जनाएको छ।
“रेकर्ड शुरू भएदेखि यो सबैभन्दा धेरै दैनिक मृत्युको संख्या हो”, फ्रन्टेरासले भनेको छ, “गत वर्षको तुलनामा यो संख्या डरलाग्दो रूपमा बढेको छ।” उक्त संस्थाले सन् २००७ मा तथ्यांक संकलन गर्न थालेको थियो।
पाँच महिनामा मात्रै १५४ महिला र ५० नाबालिग गरी कूल पाँच हजार ५४ जनाको ज्यान गएको छ र यो गत वर्षको पूरै पीडितको संख्यानजिक पुगेको छ।
दक्षिणमा सेनेगलदेखि भूमध्यसागरको तटमा रहेको अल्जेरियासम्म स्पेन पुग्न खोज्ने आप्रवासीले लिएका आप्रवासी मार्गको ‘विस्तृत’ विश्लेषणपछि तथ्यांक सार्वजनिक गरिएको हो।
धेरैजसो आप्रवासी एटलान्टिक मार्गमा थिए। त्यहाँ चार हजार ८०० आप्रवासी स्पेनको क्यानरी टापु पुग्न प्रयास गर्दा मरेको संस्थाले जनाएको छ।
उक्त संस्थाले समुद्री अधिकारी र संकटमा परेका आप्रवासी डुंगालाई सचेत गराउँदै आएको छ। संस्थापक हेलेना मालेनो भन्छिन्, “हामी यी तथ्यांकलाई सामान्य बनाउन सक्दैनौँ। यो सीमामा मानिसलाई मर्न नदिने र जोखिममा परेकाको जीवन बचाउन सबै उपाय प्रयोग गर्ने बारेमा मात्र हो।
स्पेन युरोपमा राम्रो जीवन खोज्ने आप्रवासीका लागि मुख्य प्रवेशद्वारमध्ये एक हो। धेरैजसोले अफ्रिकाको उत्तरपश्चिमी तटमा रहेको क्यानरी टापुमा पुग्न खतरनाक डुंगा यात्रा गर्छन्। तर भूमध्यसागरमा बढेको सतर्कताका कारण यो लोकप्रियता बढेको छ।
स्पेनिस टापुबाट लगभग एक हजार ५०० किलोमिटर टाढा रहेको गाम्बिया र सेनेगल जस्ता दक्षिणतिरका देशबाट आप्रवासीको संख्या बढ्दै गएको पाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
