सिंसेवा खोलामा सवारीसाधन र स्थानीय आउजाउ गर्दै आएको काठेपुल, सिस्ने खोलाका दुई वटा र तावा खोलाको एउटा पुल बगाएको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ।
काठमाडौँ– ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ तापेथोकस्थित सिंसेवा खोलामा आएको बाढीले तमोर नदीमा ड्याम बनाएको छ।
बुधबार रातिदेखि बिहीबार बिहानसम्म परेको वर्षासँगै आएको बाढीले तमोर नदी आंशिक थुनिएको गाउँपालिका अध्यक्ष मुक्ति लिम्बूले जानकारी दिए।
“बाढीसँगै आएको पहिरोले तापेथोक बगरमा थुप्रिएपछि तमोरमा ताल बनेको छ,” उनले उकालोसँग भने, “यसले त्रास बढाएको छ। ताल एकै पटक फुट्यो भने तल्लो क्षेत्रमा ठूलो क्षति पुग्ने सम्भावना छ।”
यद्यपि अहिले नदीबाट अलिअलि पानी बगिरहेको उनको भनाइ छ। उनले तमोर तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रहसमेत गरेका छन्।
यसैबीच विभिन्न खोलामा आएको बाढीले चार वटा काठेपुल बगाउँदा सदरमुकाम फुङलिङसँग गाउँपालिकाको सडकसम्पर्क विच्छेद भएको छ।
सिंसेवा खोलामा सवारीसाधन र स्थानीय आउजाउ गर्दै आएको पुल, सिस्ने खोलाका दुई वटा र तावा खोलाको एउटा पुल बगाएको अध्यक्ष लिम्बूले बताए।
बाढीले पुल बगाएपछि विद्यालय जाने बालबालिका तथा स्वास्थ्य संस्थामा जानुपरे स्थानीयलाई समस्या भएको गाउँपालिका उपाध्यक्ष विकास साम्रा लिम्बूले बताए । उनका अनुसार कञ्चनजंघा हिमाल र ओलाङचुङगोला जाने बाटो पनि यही भएकाले उक्त स्थानको भ्रमणमा गएका पर्यटक पनि प्रभावित भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
