अरुण नदीमा पक्की पुल नहुँदा भोजपुरको उत्तरी क्षेत्रका लागि सवारीसाधन, दैनिक उपभोग्य वस्तु तथा यात्रु तार्ने एकमात्र माध्यम फेरी बनेको छ।
टक्सार– भोजपुरको उत्तरी क्षेत्र र संखुवासभा जोड्ने अरुण नदीको सतिघाटमा सञ्चालित फेरी बन्द भएको छ। मनसुनसँगै अरुण नदीमा पानीको बहाव बढेकाले बिहीबारदेखि फेरी बन्द गरिएको हो।
भोजपुरको उत्तरी क्षेत्रलाई तराईसँग जोड्ने षडानन्द नगरपालिका–६ र खाँदबारी नगरपालिका– ९ सतिघाटस्थित अरुण नदीको फेरी सञ्चालनमा छ। षडानन्द नगरपालिकाले सूचना जारी गर्दै अर्को सूचना जारी नहुञ्जेलसम्म फेरी सञ्चालन नहुने जनाएको हो।
अरुण नदीमा पक्की पुल नहुँदा भोजपुरको उत्तरी क्षेत्रका लागि सवारीसाधन, दैनिक उपभोग्य वस्तु तथा यात्रु तार्ने एकमात्र माध्यम फेरी बनेको छ। फेरीले एक पटकमा चार वटासम्म साना सवारीसाधन तार्ने गरेको छ।
अरुणमा सञ्चालनमा रहेको फेरीले आवतजावतमा सुविधा हुँदै आएको बताउँदै षडानन्दका नगरप्रमुख सुरेन्द्रकुमार उदासले वर्षाको समयसँगै खोलामा पानीको बहाव बढेकाले फेरी बन्द गरिएको बताए।
संघीय सांसद् क्षेत्र विकास कोषबाट ७५ लाख, प्रदेश सांसद क्षेत्र विकास कोषबाट ७५ लाख र गरपालिकाको ५५ लाख रुपैयाँ लागतमा फेरी निर्माण गरिएको हो। फेरीबाट दैनिक १०० भन्दाबढी साना ठूला सवारीसाधन तार्ने गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
