कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङमा तातो हावा र तातो लहरको सम्भावना रहेको जनाउँदै ती स्थानका बासिन्दालाई सचेत रहन महाशाखाले आग्रह गरेको छ।
काठमाडौँ– देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। बाँकी स्थानमा स्थानीय, पश्चिमी तथा भारतको विहार आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी र बागमतीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा राति पनि वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ।
यस्तै, मध्य तथा पश्चिम तराईमा भने आगामी तीन दिन अत्यधिक गर्मीको सम्भावना रहेको जनाउँदै सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङमा तातो हावा र तातो लहरको सम्भावना रहेको जनाउँदै ती स्थानका बासिन्दालाई सचेत रहन आग्रह गरेको हो।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ। यो क्रम केही दिन जारी रहने सम्भावना रहेको महाशाखाले जारी गरेको विशेष बुलेटिनमा जनाइएको छ।
तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुन सक्ने विभागले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
