त्रिशूलीमा बस खस्यो: २० जना घाइते, ५ गम्भीर

नेपालगन्जबाट काठमाडौँतर्फ आइरहेको बस कारसँग ठोक्किएपछि नदी किनारमा खसेको हो। बसमा ४५ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ।

तस्वीर: रासस।

काठमाडौँ– पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिकबाट त्रिशूली नदीमा बस खस्दा २० जना घाइते भएका छन्। 

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको गजुरीस्थित ट्राफिक प्रहरी कार्यालय प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए। 

नेपालगन्जबाट काठमाडौँतर्फ आइरहेको बस कारसँग ठोक्किएपछि नदी किनारमा खसेको हो। घाइते यात्रुलाई उपचारका लागि चितवन पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

बसमा ४५ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ। अन्य सबै यात्रुको अवस्था सामान्य छ।