रातो मच्छिन्द्रनाथको रथयात्रा साउन १७ मा

ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको रथजात्रा उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ। 

ललितपुर– वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथयात्रा आगामी साउन १७ मा प्रारम्भ हुने भएको छ। हाल मच्छिन्द्रनाथको रथ ललितपुरको स्थानीय थती टोलमा रोकिएको छ।

पुल्चोकमा रथारोहण गरी शुरू भएको मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको गाःबाहल, मंगलबजार, सुनधारा, लगनखेललगायत विभिन्न ठाउँमा घुमाइएर थती टोलमा राखिएको हो। अब साउन १७ देखि तानिने मच्छिन्द्रनाथका पुजारी शाहु शाक्यले जानकारी दिए। 

उनका अनुसार गत वर्षको जात्रा ३५ दिनमा सकिए पनि यो वर्षको जात्रा पात्रोअनुसार तीन महिनापछि समापन हुनेछ। “साउन १७ गते थतीटोलबाट रथ तानेर जावलाखेल चोकमा पुर्‍याएमा २० गते भोटोजात्रा हुन्छ। यदि मच्छिन्द्रनाथको रथ जावलाखेल पुग्न दुई दिन लागेमा २१ गते भोटोजात्रा हुनेछ।”

ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको रथजात्रा उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ। यो जात्रा वैशाख शुक्ल प्रतिपदामा शुरू भएको हो। रथयात्रा ललितपुरको गाःबहाल, सुनधारा, लगनखेल, कुमारीपाटी हुँदै जावलाखेल चोक ललितमण्डपमा टुंग्याइन्छ। जावालाखेल पुर्‍याएको चार दिनपछि राष्ट्रप्रमुखलाई भोटो देखाएपछि यो वर्षको जात्रा समापन हुन्छ।

रथयात्राको क्रममा रथमा केही समस्या देखिएपछि मर्मत गरेर पुनः सञ्चालनमा ल्याइएको स्थानीय नारायण व्यञ्जनकारले बताए। यो वर्षको रथयात्रामा खलपानेजुको रूपमा निमराज शाक्य तथा जलपानेजुको रूपमा सम्पूर्ण शाक्य रहेका छन्। 

शभुशाइत पर्खाइमा ठटीटोलमा रोकिएको रातो मच्छिन्द्रनाथ देवताको रथमा पूजाआजाका लागि पुजारी छन् भने रथको सुरक्षाका लागि नेपाल प्रहरी खटिएको छ।