तोलामा ४०० रुपैयाँले घट्यो सुनको मूल्य

छापावाल सुन प्रतितोला एक लाख ४१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार एक लाख ४१ हजार ६०० रुपैयाँ रहेको थियो।

काठमाडौँ– नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। छापावाल सुन प्रतितोला ४०० रुपैयाँ घटेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार एक लाख ४१ हजार ६०० रुपैयाँ रहेको थियो।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी प्रतितोला १० रुपैयाँ घटेर एक हजार ८०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

बिहीबार प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भएको थियो।