काठमाडौँबाट बैंककका लागि उडेको आरए ४०१ उडान नम्बर रहेको जहाजको इन्डिकेटरले कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको संकेत गरेपछि बंगलादेशको चटगाउँ अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो।
काठमाडौँ– थाइल्यान्डको बैंकक उडानका क्रममा केही प्राविधिक समस्या आएपछि बंगलादेश डाइभर्ट भएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ए३२० जहाज केहिबेरपछि पुनः बैंकक उड्ने निगमले जनाएको छ।
निगमका प्रवक्ता अर्चना खड्काका अनुसार काठमाडौँबाट बैंककका लागि उडेको आरए ४०१ उडान नम्बर रहेको जहाजको इन्डिकेटरले कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको संकेत गरेपछि बंगलादेशको चटगाउँ अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो।
“इन्डिकेटरमा धुवाँ आएको संकेत आएर डाइभर्ट गरिएको हो, जाँच गर्दा खासै समस्या देखिएको छैन, केहीबेरपछि जहाज बैंकक उड्ने तयारीमा छ”, प्रवक्ता खड्काले भनिन्। जहाजमा एक सय ५२ यात्रु सवार रहेको बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
