माओवादी केन्द्र संसदीय दलको ‘ह्वीप’ उल्लंघन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका सांसद फणिन्द्र देवकोटा पदमुक्त भएका छन्।
गण्डकी– गण्डकी प्रदेशसभा सदस्य फणिन्द्र देवकोटा पदमुक्त भएका छन्। गण्डकी प्रदेशसभाको शुक्रबारको बैठकमा सभामुख कृष्णप्रसाद धितालले देवकोटा पदमुक्त भएको सूचना प्रदेशसभामा जानकारी गराएका हुन्।
नेपाल समाजवादी पार्टी (नेसपा)का देवकोटाले गोरखा २ (क) मा नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्नबाट निर्वाचनमा भाग लिई प्रदेशसभा सदस्यमा विजयी बनेका थिए।
उनले माओवादी केन्द्र संसदीय दलको ह्वीप उल्लंघन गर्दै यही जेठ २८ गते प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए। ह्वीप उल्लंघन गरेको भन्दै माओवादी केन्द्रले उनलाई कारबाही गरी सभामुखलाई पत्र दिएको थियो।
विश्वासको मत पाएको भोलिपल्ट नै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देवकोटालाई ऊर्जामन्त्री नियुक्त गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
