गृह मन्त्रालयले आन्दोलनरत रुवी खान नेतृत्वको समूहसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको छ।
काठमाडौँ– सरकारले आन्दोलनरत रुवी खान नेतृत्वको समूहसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको छ।
गृह मन्त्रालयले शुक्रबार माइतीघरमा आन्दोलनरत खान नेतृत्वको समूहसँग वार्ता गर्न समिति गठन गरेको हो। समितिमा उपसचिव उमाकान्त अधिकारी, प्रहरी उपरीक्षक नीरञ्जनदत्त भट्ट र शाखा अधिकृत दिनेश न्यौपाने सदस्य रहेका छन्।
समितिले खानसँग सम्पर्क गरी शनिबार नै वार्ता गर्ने तयारी गरेको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले शुक्रबार खानसँग भेटघाट गरेका थिए।
बाँकेकी निर्मला कुर्मीको २०७६ चैतमा शंकास्पद मृत्यु भएको थियो। सरकारले सो घटनाको सत्यतथ्य छानबिन नगरेको उनीहरूको आरोप छ। उनको न्यायका लागि खान लगायतका अभियन्ताहरूले धर्ना दिँदै आएका छन्। त्यस्तै उनीहरूले सुमदरानी थारूको बलात्कारपछि हत्या आरोपितलाई कारबाहीको पनि माग गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
